News

Aug 14, 2012

दमास्कसमा दुई जना पत्रकार मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिरिया - सिरिया हिंसाका क्रममा राजधानी दमास्कसमा दुई जना पत्रकार मारिएको सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सिरियाको सरकारी समाचार एजेन्सी साना तथा अरब स्याटलाइट टेलिभिजनले आतंकवादीको आक्रमणमा परी दुईजना पत्रकार मारिएको सार्वजनिक गरेका हुन् । सिरियाको समाचार एजेन्सी सानाले आफ्ना संवाददाता अलि अब्बास उनकै निवासस्थानमा हतियारधारी आतंकवादी समूहको आक्रमणबाट मारिएको जनाएको छ । अल अरेबिया टेलिभिजनले आफ्नो वेबसाइटमा जनाएअनुसार दमास्कस नजिकैको अल तेल सहरमा समाचार संकलन गर्ने क्रममा बारा युसुफ अल बुसीको बम आक्रमणमा मारिएको बताएको छ । ती दुवै पत्रकार शनिबार मारिएका हुन् । यसैबीच सरकारी सेनाले विपक्षीलाई लक्षित गरी देशैभरि आक्रमण जारी राखेका छन् । राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै १८ महिनाअघिदेखि सुरु भएको हिंसात्मक प्रदर्शनमा करिब २० हजारको ज्यान गएको छ ।

No comments: