News

Aug 6, 2012

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा आज पूर्व बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले गरेको बन्दका कारण आज बिहानैबाट पूर्व क्षेत्रमा यातायातका साधन चल्न सकेका छैनन्। लिम्बुवानी जनताको संप्रभुता गुमेको दिन भन्दै साउन २२ लाई ‘कालो दिन’ को संज्ञा दिदै उनीहरुले बन्द गरेका हुन्। बन्दका कारण सुनसरी, मोरङ, झापा, धनकुटा, इलाम, पांचथर, तेह्रथुम, ताप्लेजुङ र संखुवासभामा यातायातका साधन चल्न सकेका छैनन्। बन्दले पूर्वका धरान, इटहरी, इनरुवा, विराटनगर लगायतका क्षेत्रमा बढी प्रभाव परेको छ।

No comments: