News

Aug 11, 2012

नेकपा-माओवादीले आज गोलमेच सभा गर्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा-माओवादीले आज गोलमेच सभा गर्दै छ । वर्तमान राजनीतिक तथा संवैधानिक सङ्कट समाधानका लागि निकास दिने उद्देश्यले सभाको आयोजना गरिएको प्रवक्ता पम्फा भूषालले जानकारी दिईन् । सभामा एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्र्रेस, नेकपा एमाले, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित विघटित संविधानसभामा रहेका सबै दलका प्रतिनिधिहरूको सहभागिता रहने भूषालले बताईन । यसैगरी संविधानसभामा रहेका आदिवासी जनजाति, मधेसी, महिला, दलित सभास्दहरूको सन्जाल, नागरिक समाजका अगुवाहरूलाई सहभागिताका लागि आमन्त्रण गरिएको उनले जानकारी दिईन् । गोलमेच सभा आज विहानदेखी साझ सम्म ललितपुरको सानेपाको अन्तराष्ट्रिय क्लवमा हुदैछ । संविधानसभा पुनःस्थापना र नयाँ संविधानसभाको चुनाव हुने अवस्था नरहेकोले गोलमेचसभाबाटै राजनीतिक निकासको खोजी गरिनुपर्ने नेकपा–माओवादीले बताउँदै आएको छ । नेकपा माओवादीले सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलहरू काङ्ग्रेस एमालेको मोर्चाले राजनीतिक सङ्कटको निकास दिन असफल भइसकेको निष्कर्ष निकाल्दै गोलमेचसभा आयोजना गरेको हो । नेकपा–माओवादीले आफ्नै नेतृत्वमा हिजो मात्रै राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै विभिन्न दल र सङ्गठनहरू सम्मिलित नेपाल सङ्घीय जनगणतान्त्रिक मोर्चा गठन गरेको थियो ।

No comments: