News

Aug 22, 2012

ग्वाटेमालका पूर्व प्रहरी प्रमुखलाई ७० वर्षको जेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
ग्वाटेमाला सिटी, भदौ ६ (एजेन्सी) - ग्वाटेमालका पूर्व प्रहरी प्रमुखलाई ७० वर्षको जेल सजाय सुनाइएको छ। तीन दशकअघि मुलुक गृहयुद्धको अवस्थामा रहँदा एक विद्यार्थीको अपहरण गरेको आरोपमा उनलाई यस्तो सजाय सुनाइएको हो। सन् १९८१ मा इडगर सेन्जलाई अपहरण गरेको आरोप खेप्दै आएका पूर्व प्रहरी प्रमुख पेड्रो गेरिक एरडोन्डोलाई दोषी ठहर गरेको हो। युद्ध अपराधमा जेल पर्ने उनी ग्वाटेमाला प्रहरीका सबैभन्दा उच्च पदस्थ अधिकारी हुन्। गेरिक सन् १९७४ देखि १९८२ सम्म प्रहरी प्रमुक थिए। उनलाई गत वर्ष राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको उनको घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनले अपहरण गरेको भनिएका विद्यार्थी अहिले पनि बेपत्ताको सूचीमै छन्। पूर्व प्रहरी प्रमुख गेरिकले यसअघि विभिन्न मुद्दाहरु खेपिसकेका छन्। ग्वाटेमालमा रहेको स्पेनिस दूतावास जल्दा ३६ जनाको ज्यान गएको थियो। यसमा पनि उनी मुछिएका थिए। ३६ वर्ष लामो ग्वाटेमालाको गृहयुद्धमा कूल २ लाख मानिसहरु मारिएका र वेपत्ता भएका थिए। गृहयुद्ध अमेरिकी समर्थक सरकार र आदिवासी तथा गरिबहरुको समर्थन रहेको कम्युनिस्टहरुबीचको द्वन्द्वले निम्त्याएको थियो। गत मार्चमा ग्वाटेमालाका पूर्व सेना पेड्रो पिमिन्टल रियोसलाई ६ हजार ६० वर्षको कैद सजाय सुनाइएको थियो। सन् १९८२ मा २ सय १ जनाको ज्यान लिएको अभियोग प्रमाणित भएपछि उनलाई यस्तो सजाय सुनाइएको थियो।

No comments: