News

Aug 11, 2012

सार्वजनिक यातायातका साधन दोश्रो दिन पनि ठप्प

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच भएको वार्तामा सहमति नबनेपछि आजपनि सार्वजनिक यातायातका साधन चलेका छैनन् । सरकारी प्रतिनिधि र ब्यवसायीबीच हिजो सिंहदरवारमा भएको वार्तामा सहमति नभएपछि सर्वसाधारणले आजपनि सास्ती ब्यहोर्दैछन् । दुबै पक्षले आ-आफ्नो अडान राखेपछि सरकारी पक्षले गृहकार्य गरेपछि मात्र फेरि वार्तामा बस्ने भनेको छ । आफ्ना माग पूरा गर्न सरकार गम्भीर नभएको भन्दै हिजोदेखि मुलुकभर सार्वजनिक यातायातका साधन बन्द गरेर ब्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । सार्वजनिक यातायातका साधन संचालन नभएपछि देशभरको जनजीवन प्रभावित बनेको छ ।
राजधानी लगायत देशका मूख्य शहरहरुमा उल्लेख्य रुपमा निजी सवारी साधन चले पनि सार्वजनिक यातायातका साधनमा यात्रा गर्नेहरु हिडेरै काममा जान बाध्य भए । विगतमा अरुले बन्द गर्दा विरोध गर्ने यातायात ब्यवसायीहरु आफै बन्दमा उत्रिएपछि जनताले सास्ती ब्यहोर्नु परेको हो । ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेका थप अधिकार तथा ट्राफिक जरिवानामा सरकारबाट दिएको कमिसन रकमसम्बन्धी निर्णय खारेज गर्नुपर्ने लगायतका माग राखेर यातायात ब्यवसायी आन्दोलनमा उत्रिएका हुन् । ब्यवसायीहरुले सामाजिक सुरक्षा ब्यवस्था र बिमा नीति लागु तथा यातायात मन्त्रालय गठन गनुपर्ने लगायतका माग पनि राखेका छन् ।

No comments: