News

Aug 1, 2012

फेसबुक साहुकी बहिनी गुगलतिर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वासिङटन- फेसबुक सीइओ मार्क जुकरबर्गकी बहिनी एरियली जुकरबर्ग अब गुगलका लागि काम गर्दैछिन्। सोसल एड मार्केटिङ फर्म वाइल्डफायरलाई मंगलबार गुगलले किनेपछि उनी गुगलकी कर्मचारी हुन पुगेकी हुन्। जुकरबर्गकी अर्की बहिनी र्‍यान्डी जुकरबर्गले फेसबुकमा भन्दा गुगलमा काम गर्ने जुकरबर्ग परिवारका सदस्यहरु धेरै भएको भन्दै मंगलबार ट्विट गरेकी थिइन्। गुगलले भने वाइल्डफायरका सबै चार सय कर्मचारीहरु गुगलकै लागि काम गर्छन् कि गर्दैनन् भन्ने बारे प्रतिक्रिया दिन अस्वीका गरेको छ। एरियली जुकरबर्ग यसमा जुनियर प्रोडक्ट मेनेजरका रुपमा काम गर्थिन्। र्‍यान्डीले पनि गत वर्ष फेसबुक छाडेर आफ्नै मिडिया कम्पनी खोल्ने घोषणा गरेकी थिइन्। गुगल र फेसबुकबीच कडा प्रतिस्पर्धा छ। गुगलले पनि फेसबुक जस्तै सोसल नेटवर्किङ साइट सञ्चालनमा ल्याइरहेको छ तर त्यो फेसबुक जति लोकप्रिय हुन सकेको छैन।

No comments: