News

Aug 28, 2012

मन्त्रालय घेराउ गर्न पुगेका शिक्षक र प्रहरीबीच झडप, ५९ जना घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सेवासुविधाको माग गर्दै शिक्षा मन्त्रालय घेराउ गर्न पुगेका शिक्षकहरु र प्रहरीबीच झडप भएको छ । सो झडपका क्रममा ५९ जना शिक्षक घाइते भएका छन् । सेवासुविधाको माग गर्दै केशरमहलस्थित शिक्षा मन्त्रालयमा घेराउ तथा धर्ना दिने क्रममा पुगेका विभिन्न शिक्षक तथा सुरक्षाकर्मीबीच आज झडप हुँदा उनीहरु घाइते भएका हुन् । झडपमा परी कमलेश कुशवाह, चन्द्रिका साह, शान्ति शर्मा, कल्पना खरेल लगायतका आठ शिक्षक गम्भीर घाइते भएको र अन्य शिक्षक सामान्य घाइते भएको बताइएको छ । घाइतेहरुको काठमाडौँका वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष गुणराज लोहनीले शान्तिपूर्ण रुपमा आफ्नो माग राख्दै गरेका शिक्षकमाथि प्रहरीले हस्तक्षेप गरेको बताएका छन् ।

No comments: