News

Jan 1, 2008

सिर्जनशील अराजक कवि हांयुग अज्ञात हंगकंगमा पुरस्कृत

लिम्वूवान व्लगस्पोट हंगकंग
२००७ डिसेम्वर ३१ तारीखका दिन सिर्जनशील अराजक कवि हांयुग अज्ञातले हंगकंगमा आएर पनि नेपाली साहित्य लेखनमा विशेष योगदान गरे वापत नेपाली महासंघ हंगकंगले वहाको योगदानको कदर गर्दै ५५५५ हंगकंग डलर र कदर पत्र प्रदान गरी हंगकंगमा पहिलो पटक नेपाली महासंघको तर्फवाट पुरस्कृत भएकाछन् । वहाले हंगकंग आए पछि ककपिक कविता संग्रह प्रकाशन गरी सक्नु भएको छ भने नेपालमा रहदै अन्य तिन कविता संग्रह रङ्गीन आविष्कार ,ढुङ्गामुढाको मन र करङ्गको हिरासत प्रकाशित गरी सकेकाछन् । हंगकगमा आए पाश्चात सिर्जनशील साहित्य समाज खोली सोहि संस्था मार्फत आफ्नो सिर्जना कार्यमा क्रियाशील रहदै आउनु भएको छ । कवि हांयुग अज्ञात सिर्जनशील अराजक समुहका सदस्य हुन भने सिर्जनशील साहित्य समाज हंगकंगका अध्यक्ष समेत हुनुहुन्छ । यसै वर्ष देखि नेपाली महासंघ हंगकंगले महासंघ दिवसको अवशर पारी साहित्य खेलकुद र शिक्षामा योगदान दिने व्यक्तित्वहरुलाई नगद तथा कदरपत्र प्रदान गर्न थालीएको छ ।

No comments: