News

Jan 19, 2008

यू. के. का किरातहरुले नयाँ बर्षयेले ५०६८ विभिन्न कार्यक्रम गरि मनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,सुहिम याक्थुङ, केन्ट
वेलायतमा बसोवास गर्ने लिम्बू, सुनुवार, राइ, याक्खा जातिहरुले किरात नयाँ बर्ष येले ५०६८ विभिन्न ठाँउमा विभिन्न कार्यक्रम गरि मनाएका छन ।यसवेला चाँप फूल्ने भएकोले माघ १ गते किरात नयाँ बर्षो शुरुवात हुने मान्यता रहेको छ । यो नयाँ बर्षाई चाडको रुपमा पनि मान्ने चलन रही आएको छ । यस चाडलाई कःकफेक्वा तङनाम भनिन्छ । पहिलो किरात राजा यलम्बरले शासन शुरु गरेपछि यो यलम्बर सम्बत् अर्थात छोटकरीमा येले सम्बत शुरुवात भएको विश्वास गरिन्छ । आज भन्दा ५ हजार बर्षअगाडी नेपालमा शासन गर्ने किरातहरुले ३२ पुस्ता सम्म राज्य गरेको इतिहासमा उल्लेख छ ।किरात याक्थुङ चुम्लुङ, आसफोर्ड क्षेत्रले सगरमाथा कम्युनिटी हलमा आयोजना गरेको नयाँ बर्ष शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा किरात मुन्धुमका विज्ञ दिलकुमार सम्वाहाम्फेले कःकफेक्वा तङनामको बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै गरि चुम्लुङ यू. के. का अध्यक्ष सिरी लिम्बूले चुम्लुङ परिवारको तर्फाट सबैलाई नयाँबर्षो शुभकामना ब्यक्त गर्नु भएको थियो भने यू. के. चुम्लुङका महासचिव राजन लिम्बूले बोल्नुहुदै यस बर्ष वेलायतको वेल्स, स्कटल्याण्ड लगायत विभिन्न क्षेत्रमा आआफ्नो तरिकाले नयाँबर्षमनाइएको जानकारी गराउनुको साथै आगामी बर्षअझ ब्यापक आयोजना गर्ने पनि बताउनु भयो । शुभकामना साँझ कार्यक्रममा आयोजकको भूमिका नगेन्द्र लिम्बूले निर्वाह गर्नु भएको थियो ।

No comments: