News

Jan 16, 2008

याक्थुङ चुम्चुलुङ शाखा मलेसियाको आयोजनामा येले तङनाम

लिम्वूवान डट व्लगस्पोट डटकम सम्बाददाता - क्वालालम्पुर
१५ जनावरी २००८ का दिन माघे सक्रान्ति तथा किरात "येले तङनाम" भव्यताका साथ मनाईयो । याक्थुङ चुम्चुलुङ शाखा मलेसियाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । किरात इतिहास अनुसार माघ १ गते किरात नव बर्षा रुपमा मनाउने परमपरा रहदै आएको छ । उक्त कार्यक्रममा मलेसियामा छरिएर रहेका विभिन्न क्षेत्र तथा पेशा कर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापति याक्थुङ चुम्लुङ मलेसिया उपकमिटिका अध्यक्ष जगत सिंह वेघा, प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ केन्द्रिय कमिटि मलेसियाका अध्यक्ष पदम "दुखी" सम्बाहाङफे, अतिथिहरुमा क्रमसः कियाचु केन्द्रिय कमिटि काठमाण्डौं का सदस्य हाङनारायण चोङबाङ, प्रवासी मगर संघ मलेसियाका प्रवक्ता सुन्दर आले, नेपाल तमु समाजका प्रवक्ता मीन तमु, चितवन सर्म्पर्क मञ्चका प्रवक्ता वि.के. कडेल, खेटाङ सेरोफेरोका अध्यक्ष तेज कुमार र्राई, नेपाल तामाङ एकता संघका विनु लामा "दुखीया" तामाङ्ग, किरात धर्म तथा साहित्य उत्थान संघका सभापति पर्शुराम चोङबाङ, रोजगार पीडित सरोकार मञ्चका सञ्जय र्राई "छुच्चा" इलाम जन समपर्क मञ्चका बुद्धहाङ लावती, नेपाल क्रान्तिकारी संगठन मलेसियाका नेत्र बिक्रम विमली, किरात र्राई यायोख्खाका विश्व र्राई, त्यसतै गरी पत्रकारहरु हाम्रो आवाज साप्ताहिक तथा नेपाली सामाजिक केन्द्रकी सपना बस्याल, जन पृष्ठ भूमि साप्ताहिकका सुनील चालीसे, श्री अभिलेख साप्ताहिकका डिकेश भट्टर्राई, जनजाति आवाज तथा अनलइन मिडियाबाट रुसाहाङ चेम्जोङ को उपस्थिति रहेको थियो । कार्यक्रममा व्याज वितरण कमला लावती र सबिना लिम्बू बाट गरिएको थियो भने प्रमुख अतिथिको हातबाट दिप प्रज्वलन गर्दै किरात विभूति त्येयुङहाङ सिरिजगा, माहागुरु फल्गुनन्द र इमानसिंङ चेम्जोङको तस्वीरमा माल्यणपण गर्दै शुरु गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य मोहोन थेवेले राख्दै कार्यक्रमलाई सुचारु रुपमा कार्यक्रम सञ्चालक सन्त फेउदेन लिम्बूले अगाडि बढाएका थिए । त्यसतै गरी कार्यक्रमको कार्यपत्र देबेन्द्र "सुर्केली" खापुङ लिम्बूले प्रस्तुत गरेका थिए । भने विभिन्न तह र तप्काका व्क्तिहरुबाट स्वागत मन्तव्य तथा शुभकामना आदन प्रदान गरिएको थियो । कार्यक्रमको मध्यन्नमा काचो बनतरुलको टीका लगाउदै तरुलपान गरीएको थियो । कार्यक्रमको बीचबीचमा मोहोन थेबेबाट लिम्बू गीत र पर्शुराम चोङबाङबाट लिम्बू मुन्धुममा आधारीत हाक्पारे गीत प्रस्तुत गरएकिो थियो । कार्यक्रमको अन्त्यमा किरात तक्फेक्वा तङनाम को छोटो परिचय दिदै कार्यक्रमको समाप्त घोषणा कार्यक्रमका सभापति जगत सिंह वेघाबाट गरिएको थियो ।

No comments: