News

Jan 15, 2008

टेकराज तिगेलाद्धारा निर्मित सिसाम चलचित्रको शनिबार राजधानीमा प्रिमियर शो

लिम्वूवान व्लगस्पोट डटकम काठमाडौं,
किरात समाजमा प्रचलित मिथकहरू बटुलेर फिचर फिल्म ' सिसाम ' तयार भएको छ । लिम्बू गाउघरकै सामान्य पात्र अभिनित चलचित्रको शनिबार राजधानीमा प्रिमियर शो गरियो । गोविन्द इमसङद्वारा निर्देशित चलचित्रमा लिम्बू समाजमा प्रचलित प्रेतात्मासम्बन्धी किंवदन्ती समेटिएको छ । सिसाम (प्रेतात्मा) ले हात छाम्न आउने, अगुल्टो तान्ने, खोरमा पसेर कुखुरा चिर्थोने, मरेपछि फेदाङमा (झाक्री) ले त्यसको आत्म देख्नेलगायतका किंवदन्ती चलचित्रले समेटेको छ । निम्न वर्गीय समाजमा अरब जाने लहर र ऋणमा डुबेपछि घरबार छिन्नभिन्न भएको कथा पनि चलचित्रमा छ । मूलपात्र सिकुटे अरब जान्छ, तर ऋण तिर्ने सक्ने पैसासमेत नभएपछि कहिल्यै फर्केर आउ“दैन । यता पत्नी र छोराछोरीको पनि अकाल मृत्यु हुन्छ । लिम्बू समाजको यो ताजा कथा हो, निर्देशक इमसङले भने-'पुराना मान्यता र ताजा सर्न्दर्भ जोड्न खोजेको हु“ । टेकराज तिगेलाद्धारा निर्मित तेर्‍हथुम, धनकुटा, भोजपुर, सुनसरी, मोरङ र काठमाडौंमा छायांकन गरिएको छ । चलचित्रमा विमल लिम्बू, सरिता लिम्बू, तेजु इमसङ, दिलकुमार लिम्बू, केवी लिम्बूलगायतको अभिनय छ ।

No comments: