News

Jan 31, 2008

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको - प्रेस विज्ञप्ति

सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी महानुभावहरू,
संविधानसभाको चुनाव अगावै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन,पूर्ण समानुपातिक निर्वाचनप्रणालीकोव्यवस्था र जाति, भाषा तथा क्षेत्रको ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्यहरूकोसुनिश्चितताका लागि संघर्षरत राजनीतिक संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आन्दोलन जारी छ ।यसै परि प्रेक्ष्यमा मञ्चको सम्वद्ध स्वायत्त इकाई संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवानमा आफ्नो जाति र भूमि मुक्तिको आन्दोलन निरन्तर हाँकिरहेको कुरा र्सवविदितै हुनुपर्छ । लिम्बुवानमा हुने अराजक घट्ना र अवैध चोरी निकासीका कार्यकलापहरूहुन नदिनका साथै लिम्बुवानको प्राकृतिक स्रोत-साधनको संरक्षण, संम्वर्द्धन र निगरानीका लागि राजमार्गका विभिन्न स्थानमा लिम्बुवान भोलुण्टियर्सहरूद्वारा चेक-पोष्टहरू सञ्चालन गरिएको छ । यो अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) अभिसन्धिको धारा १६९ ले दिएको स्थानीय स्रोत-साधनमाथिको आदिबासी जनजातिको अधिकारको उपयोग हो । यसै सिलसिलामा, यही माघ १७ गते बेलुकी झापा र इलामको सीमाना किट्नी क्षेत्रमा सशस्त्र प्रहरीले लिम्बुवान भोलुण्यिर्टयर्स (LV) गणेश आङदेम्बे, सरन फोगो लगायतका दर्जनौ कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ । साथै, यही दिन रातको १० बजेतिर लिम्बुवानका कार्यकर्ता (LV)हरू बास बसेको ठाउँमा अन्धाधुन्ध गोली चलाउँदै बासस्थानबाट लखेटी सरकारी आतङ्क मच्चाएको छ । यस घट्नाबाट दर्जनौं कार्यकर्ताहरू हताहत भएका छन् । धेरै कार्यकर्ता सम्पर्क बाहिर छन् । यस आतङ्कबाट भएको थप क्षति र घट्नाबारे राती अबेरसम्म पनि थाहा हुन सकेको छैन । राजा ज्ञानेन्द्रकै शैलीमा जनतमाथि दमन र आतङ्क मच्चाउँदै दर्जनौं संघ संगठन, आदिवासी जनजाति, मधेशी, दलित,अपाङग र महिला आदिको जायज मागहरूलाई बेवास्ता गर्दै मिश्रति चुनावप्रणालीकै माध्यमबाट पुनः राजतन्त्रलाई ब्यूँताउने उद्देश्यले जवर्जस्त गर्न लागिएको निर्रथक संविधानसभाको चुनाव र यसको नाममा गरिने अनेक नाटकप्रति यो मञ्च र सम्वद्ध इकाईहरू असहमत छन् । त्यसैगरी, कथित चुनावको नाममा सच्चा गणतन्त्रवादी र र्सार्थक संविधानसभाका पक्षधरहरूमाथि
गरिने यस्ता सरकारी प्रहरी आतङ्क र दमनको घोर भर्त्सना गर्दै एक्दमै क्षुब्द भएर आक्रोस व्यक्त गर्दछौं । कथित सातदलीय सरकारको यस्तोखाले प्रवृत्ति र व्यवहारले संविधानसभाको चुनाव अझै पनि हुने कुरामा हामी किञ्चित विश्वस्त छैनौ । यसकारण, यी तमाम सातदलीय र्सवसत्तावादी चिन्तन, सरकारी दमन र हाम्रो जायज मागहरूको समयमै सही सम्बोधनका लागि बन्द र हड्ताल गर्नैपर्ने भएकोले यही माघ १८ गते लिम्बुवानको झापा-तालिङ्जोङः मेची राजमार्ग बन्द गरिने कुरा र्सवसाधारण सबै जनतामा सहर्षजानकारी गराउँदछौं । राष्ट्रिय मुक्ति आन्दोलकै क्रममा लिम्बुवान भोलुण्टियर्सका सशक्त कार्यकर्ता राजकुमार आङदेम्बे 'माङतोक'को सशस्त्र प्रहरीद्वारा झापामा गोली हानीमारिएको रगत आलै रहँदा-रहँदै आज लिम्बुवानकै कार्यकर्तामाथि पुनः सोही व्यवहार दोहोर्‍याइएको र शहीद आङदेम्बेलाई अविलम्ब राष्ट्रिय शहीद घोषणा गरी लिम्बुवानी जनतासमक्ष माफी मागेर उचित क्षतिपूर्ति दिलाउनका लागि पनि बन्दकै आयजोना गर्न बाध्य भइएकोले यही माघ २० गते सम्पूर्ण लिम्बुवान बन्दको आह्वान गरिएको कुरासमेत पुनः जानकारी गराउँदछौं । यस आन्दोलनमा ऐक्यवद्धता र साथ सहयोगका लागि सम्पूर्ण समुदायमा हार्दिक आग्रह गर्दै यस्तो बेजिम्मेवार सरकारी कार्यको विरोधका लागि गर्नैपर्ने यस्ता बन्द र हडतालले सर्वसाधारण जनतालाई पर्ने असरप्रति सचेत भई क्षमा चाहन्छौं ।
धन्यवाद !
डीबी आङबुङ
सचिवः
प्रचार-प्रसार
२०६४। १०।१८
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

No comments: