News

Jan 2, 2008

नयाँ बर्ष२०६५ को अवसरमा उक्त धनकुटा प्रतिभा पुरस्कार प्रदान गरिने

लिम्वूवान व्लगस्पोट धनकुटा
नयाँ बर्ष२००८ को पहिलो दिन वेलायतको र्सनकिल्फ स्थित नयाँ बर्षको शुभ कामना आदानप्रदान गर्न धनकुटावासीहरु बीच परिचयात्मक कार्यक्रम भब्यताका
साथ सम्पन्न भएको छ । केही समय अघि स्थापना भएको धनकुटा प्रतिभा पुरस्कार वेलायत च्याप्टरको सक्रियतामा आयोजित कार्यक्रममा वेलायती सेनामा कार्यरत सबै धनकुटेलीहरु स-परिवार उपस्थित भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर ब्यक्तित्व क्याप्टेन ज्ञान लिम्बूले भैपरि आउने आपतविपतको बेला छरछिमेक, आफन्त, नातागोता चाहिने भएकोले जिल्लावासीहरु बीच चिनजान हुनु पर्ने बताउनु भयो । वेलायत च्याप्टरका अध्यक्ष पनि रहनु भएका लिम्बूले प्रतिभा पुरस्कार संचालनको लागि वेलायतवासी सबै धनकुटेलीहरुमा सहभागि हुन र सहयोग गर्न पनि आग्रह गर्नु भयो । प्रतिभा पुरस्कारको स्थापनाको औचित्य, संस्थाको उद्देश्य र संस्थाको गतिविधि बारे विश्वास दीप तिगेलाले जानकारी दिनु भएको थियो । देशविदेशमा रहेका सम्पूर्ण धनकुटेलीहरुको सहभागिता रहने यस संस्थाले प्रत्येक बर्ष साहित्य क्षेत्रका १ जनालाई, संगीत क्षेत्रका वा खेलकुद क्षेत्रका १ जनालाई पुरस्कृत गर्ने र संस्थाले उपयुक्त ठहर गरेको कुनै पनि ब्यक्ति वा संस्थालाई सम्मान गर्ने कुरा उद्देश्यमा उल्लेख छ । आगामी नेपाली नयाँ बर्ष२०६५ को अवसरमा उक्त धनकुटा प्रतिभा पुरस्कार प्रदान गरिने भएकोले प्रजातान्त्रिक तवरले छनौट प्रक्रिया पनि अघि बढि सकेको जानकारी गराउनु भयो । धनकुटा प्रतिभा
पुरस्कार कोष कानुन सम्मत धनकुटा जिल्ला प्रसासन कार्यलयबाट दर्ता भई सकेको र संस्थाको अक्षयकोष पनि स्थापना भइसकेको जानकारी दिनु भयो । अक्षयकोष बढाउनको लागि दोस्रो चरणको कार्यक्रम घरदेश र परदेशमा चलि रहेको कुरा पनि बताउनु भयो । संस्था निर्माण तथा संचालनमा डब्लूडब्लूडब्ल्यू डट् धनकुटा डट् ओआरजी डट् एनपी वेभसाइटले सबैलाई जोड्नको लागि पुलको रुपमा काम गरिरहेको कुरा पनि उल्लेख छ ।

No comments: