News

Jan 27, 2008

लिम्वूवान सहित पाच जातीय मोर्चा

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
संविधानसभा अघि नै आत्म निणर्य अधिकार सहतिको स्वायक्तता ग्यारेन्टि नभए सम्म परिणममुखि र सार्थक निर्वाचनका लागि जातीय संगठनहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघीय स्वायक्त राज्यको माग गर्दै आएका पाँच जातीय संगठनहरुले सयुक्त मोर्चा मार्फत परिणममुखि आन्दोलन गर्ने चेतावनी दिएका हुन् । संघीय लिम्वूवान राज्य परिषद, खम्वुवान राष्ट्रिय मोर्चा, संघीय तामाङ्गसालिङ्ग स्वायक्त परिषद, थारु कल्याणकारी सभा र तमुवान सयुक्त सघर्ष समितिले सयुक्त रुपमा विज्ञप्ति जारी गरि माघ पहिलो साता देखि नै आन्दोलनको घोषणा गरेका हुन् । आदिवासी जनजाति, महिला, मधेशी, दलित, उत्पिडित वर्गको पक्षमा सार्थक र परिणाममुखि संविधानसभाको निर्वाचनको लागि निरन्तर सधर्ष गर्ने प्रतिवद्धता सहित कार्यगत एकता गरि सयुक्त मोर्चा गठन गरिएको खम्वुवान मुक्ति मोर्चाका केन्द्रिय सदस्य आरके खम्वुले वताए । पाँच जातीय हालै सम्पन्न संगठनको सयुक्त भेलाले आ-आफनो क्षेत्रमा नियमित रुपमा सधर्षको कार्यक्रम संचालन गर्ने निणर्य गरेको छ ।आगामी चैत २८ गते हुने भनिएको संविधानसभाको निर्वाचनले पनि सवै वर्गको मागलाई सम्वोधन गर्न नसकेको भन्दै आन्दोलनमा उत्रनु परेको जारी विज्ञप्तिमा जनाईएको छ । भेला पछिजारी सहमति पत्रमा हस्ताक्षर गर्नेहरुमा संघीय लिम्वूवान राज्य परिषदका अध्यक्ष संजुहाङ्ग पालुङ्गवा, खम्वुवानका कार्यवाहक अध्यक्ष ईन्द्रहाङ्ग खम्वु, तामाङ्गसालिङ्गका उपाध्यक्ष सुन्दर तामाङ्ग, थारु कल्याणकारी सभाका चन्द्रकुमार चौधरी र तमुवानका उपाध्यक्ष टेकवहादुर तमु रहेका छन् । धोषित आन्दोलन अन्र्तगत पहिलो चरणमा प्रचारप्रसार, दोश्रोमा कोणसभा जनसभा र तेश्रोमा वन्द हडताल र मसाल जुलुस समेत गर्ने निणर्य गरेका छन् ।

No comments: