News

Jan 24, 2008

माघ २० गते लिम्बुवान बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,वीर्तामोड
संघीय लिमबुवान राज्य परिषदले वीर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरेर जातिको ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय स्वायत्त राज्य र जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको निश्चितता अन्तरिम संविधानमा उल्लेख गर्न माग गर्दै सो कुरा उल्लेख नगरी गर्न लागिएको संविधानसभाको निर्वाचनमा लिम्बुवानको सहभागिता नरहने जनाएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध परिषदले पूर्णसमानुपातिक र जातीय स्वायत्त राज्यको प्रत्याभूतिविना गरिने संविधानसभाको निर्वाचन निरर्थक र नाटकवाजी मात्र भएको बताउदै लिम्बुवानमा निर्वाचन हुन नदिने घोषणासमेत गरेको छ। परिषदले प्रेस विज्ञप्ति जारी गर्दै लिम्बुवान आन्दोलनको क्रममा मारिएका राजकुमार आङदेम्बेलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने लिम्बुहरुको मातृभाषालाई लिम्बुवानका सरकारी कार्यालयमा प्रयोगमा ल्याइनुपर्नेलगायतका मागहरु पनि राखेका छन्। जल, जङ्गल र जमिनमाथिको आदिवासीको अधिकार हुने धारणा राख्दै लिम्बुवानका सबै किसिमका वन पैदावर काट्न तथा खनिज पदार्थ संकलन गर्न र अ‍ोसारपसार गर्न प्रतिबन्ध लगाइने विज्ञप्तिमा उल्लेख छ। धनकुटाको भेडेटारस्थित सिमखुवा ढाटमा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै यस्तै हस्तक्षेप कायम रहे भयानक परिणाम आउने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ। परिषद्का महासचिव मिसेकहाङ थाम्सुहाङले विरोधस्वरुप माघ २० गते लिम्बुवान बन्द गर्न घोषणासमेत गरेको जानकारी दिनुभएको छ।

No comments: