News

Jan 7, 2008

संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा काठमाडौं नेपालको प्रेस विज्ञप्ती

मितिः २०६४। ०९। २३
प्रेस विज्ञप्ती
सातदलीय गठबन्धनको यथास्थितिवादी चिन्तन, र्सवसत्तावादी सोच र अतिवादी मनस्थितिले मुलुक निकासहीन राजनीतिक भुमरीमा फसेको छ । नेपाली जनता सबैखाले सामन्तवाद र अति केन्द्रीकृत एकाधिकारवादको अन्त्य एवं आमूल परिवर्तनसहितको नयाँ नेपाल चाहन्छन् । संसद र सत्तामा आसीन गठबन्धित राजनीतिक दलहरूले जनआन्दोलन ०६२/६३ को राजनीतिक म्याण्डेट् विपरीत दलीय स्वार्थमा फसेर आफैं अनिर्णयको बन्दीमा फसेका मात्र छैनन्, नेपाललाई असफल राष्ट्रको बाटोमा धकेलिरहेका छन् । यो संकटबाट मुलुकलाई अगाडि बढाउन संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले सरकार र सदनलाई राष्ट्रिय राजनीतिक निकासको विकल्पका राजनीतिक मुद्दाहरू अपील, ज्ञापन-पत्र र वार्ताद्वारा पटकपटक दिइसकिएको छ र कार्यन्वयनका लागि शान्तिपूर्ण सशक्त आन्दोलन जारी छ । भर्खरै विधायीका संसदबाट अन्तरिम संविधान तेस्रो संशोधन भएको छ । तेस्रो पटक संशोधित उक्त विधेयकले बर्तमान मुलुकको निकासहीन राष्ट्रिय राजनीतिलाई पूरै बेवस्ता गरेको छ । सो. विधेयक संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न, सार्थक र परिणाममुखी संविधान सभाको निर्वाचन गर्न नसक्ने भएकोले राष्ट्रिय मुक्तिको निम्ति, साँचो अर्थको नयाँ नेपाल निर्माणको निम्ति, र्सार्थक र परिणामुखी संविधानसभाको निर्वाचनको लागि आन्दोलनरत राजनीतिक संगठनहरूको साझा मोर्चा संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले उक्त संशोधित विधेयकको कुनै सान्दर्भिकता, औचित्यपूर्ण र अग्रगामी नभएकोले नेपालका सबै जिल्ला सदरमुकाम र अन्य प्रमुख शहरहरूमा आज पुस २३ गते दिनको ०१०० बजे जलाइएको सहर्षजानकारी गराउँदछौं । साथै, र्सार्थक र परिणाममुखी संविधानसभाको निर्वाचनका लागि अन्तरिम संविधानको चौथो संशोधन गरी निम्न बुँदाहरू समेटिनु पर्दछ भन्ने भन्ने हाम्रो माग रहेको छ ।
क. राजतन्त्र र एकात्मक राज्यसत्ताको समूल अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्नुपर्ने ।
ख. संविधान सभाको निर्वाचन जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ब्यवस्था गरी सोही सिद्धान्तअनुरुप हुनुपर्ने ।
ग. जातिहरूको ऐतिहासिक पृष्ठभूमि, उत्पत्ति, भाषा र क्षेत्रको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त गणराज्यहरूको स्थापना गर्न सैद्धान्तिकरुपमा अन्तरिम संविधानमै संवैधानिक व्यवस्था गर्नुपर्ने ।उपरोक्त राजनीतिक सवालहरू कार्यान्वयन गर्न अहिलेको सातदलीय गठबन्धनको सरकार र विधायीका संसदको राजनीतिक र संवैधानिक वैधता समाप्त भएकोले तत्कालीन राजनीतिक निकासका लागि निम्न ऐजेण्डाहरू घोषणा गरिएको छ ।
१. संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आन्दोलनरत् राजनीतिक संगठन र सातदलीय गठबन्धनसहितको र्सवपक्षीय राष्ट्रिय राजनीतिक सम्मेलन ।
२. राष्ट्रिय राजनीतिक सम्मेलनले र्सवपक्षीय अन्तरिम संसदको निर्माण र अन्तरिम
संविधानको चौथो संशोधन ।
३. सर्वपक्षीय अन्तरिम चुनावी सरकारको निर्माण ।
४. संविधानसभाको निर्वाचन ।
सातदलीय गठबन्धन अझै पनि अहिलेको गन्तव्यहीन राष्ट्रिय राजनीतिलाई निकास दिन गम्भीर नहुने र यथास्थितिवादी चिन्तन, र्सवसत्तावादी सोच र अतिवादी मनस्थितिमै रहने हो भने संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा शान्तिपूर्ण र सशक्त आन्दोलनमा जान बाध्य हुनेछ । साथै, अन्तरिम संविधान तेस्रो संशोधन दहन कार्यक्रममा राज्यबाट भएको प्रहरी दमनप्रति घोर भर्त्सना गर्दछौं ।
धन्यवाद !
१. कमल छाराहाङ
अध्यक्ष
सघीय लोकतान्त्रिक राष्ट्रिय म१च
क. कुमार लिङदेन
अध्यक्ष
संघीय लिम्बुवान राज्य परिषद
ख.डी.के. बुद्धिष्ट
अध्यक्ष
तामाङसालिङ स्वायत्त राज्य परिषद
२.किशोरकुमार विश्वास
उपाध्यक्ष
मधेशी जनाधिकार फोरम, नेपाल
३.लक्ष्मण चौधरी
अध्यक्ष
सयुक्त थारु राष्ट्रिय मोर्चा
४.बिसेन्द्र पासवान
अध्यक्ष
आदिवासी जनजाति दलीत पार्टी
५.हृदयनारायण चौधरी
अध्यक्ष
मधेशी लोकतान्त्रिक मोर्चा
६.ब्रम्हानन्द उपाध्याय
अध्यक्ष
लोकतान्त्रिक मधेशी मोर्चा

No comments: