News

Jan 13, 2008

सँगीतकार तथा गायक दिनेश सुब्बाको एकल साँझको सम्पन्न

लिम्वूवान व्लगस्पोट डटकम हङकङ
सांगीतिक यात्रामा लागेका संगीतकर्मीलाई एकल प्रस्तुतिको अपेक्षा हुनु जति स्वभाविक हुन्छ । त्यो भन्दा पनि प्रवासमा संगीतमा यात्रा गर्नु र एकल प्रस्तुतिले सम्पूर्ण नेपालीहरुको मन जित्नु चाँही चानचुने
कुरै हुँदैन । यसको महत्व र उँचाइको वर्णनगर्नु शायद कम्ति नै होला ।
यसपालि हङकङमा १३ जनवरीको मध्य जाडोमा दुइ दसकभन्दा लामो सांगीतिक यात्रामा निस्किएका नेपाली, भाषा, साहित्य र संगीतलाई नजीकबाट आत्मासाथ गरेका संगीतकार एवं गायक दिनेश सुब्बाको एकल प्रस्तुति 'दिनेश सुब्बा एकल साँझ' को रापले साच्चिकै नेपाली गीत संगीत विशेषगरी हङकङमा जीवन चलाइरहेका नेपाली कलाकारहरुकालागि मार्गदर्शक साँझ बन्यो । याउमातेइ जोर्डन हङकङको हेनरी जी लेउङको कम्युनिटी सेन्टरमा सम्पन्न भएको एकल साँझमा हङकङेली नेपाली नयाँ पुराना कलाकारहरुले दिल खोलेर दिनेश सुब्बा एकल साँझलाई सफल तुल्याउने भरभग्दुर प्रयास गरे । हिमालयन टोन्स म्युजिक एकेडेमीको आयोजनामा सम्पन्न भएको एकल साँझमा दिनेशले स्थानीय वाद्यावादक कलाकारहरुको सहयोगमा दर्शकहरुलाई सवा दुइ घंटासम्म आफ्नो स्वर र संगीतको मिठासमा बाँधेर राख्न सफल भएका थिए ।
हङकङमा रहेका नेपालीहरुकालागि गहनाकै रुपमा रहेका दिनेश सुब्बालाई हेर्न सबै पुस्ताका दर्शक श्रोताहरुको उपस्थिति रहेको थियो । नेपाली चर्चित कलाकारहरु खेम गुरुङमात्र होइन बिक्रम गुरुङ, नागेन्द्र श्रेष्ठ, गणेश पराजुली जस्ता संगीत बुझेका दर्शक पाएका दिनेशले नेपाली आधुनिक गीत संगीतको उद्भव र यसको विकासक्रमका बारेमा प्रष्टाउन सफल भए ।प्राय नेपालबाट कलाकारहरु झिकाई भइरहेका सांगीतिक कार्यक्रमहरु भन्दा पृथक बनेको साँझमा दिनेशलाई धेरै ताली र प्रंशसा आएको थियो । १० मिनेट विश्राम लिएर सम्पन्न भएको एकल साँझमा १७ वटा गीतहरु प्रस्तुत गरेका थिए । पहिलो भागमा आफूले संगीत तथा स्वर भरेका आधुनिक तथा लोकगीतहरु प्रस्तुत गरे र दोश्रो भागमा नेपाली आधुनिक गीतसंगीतका महान व्यक्तित्वहरु नारायण गोपाल, अम्बर गुरुङ, गोपाल योञ्जन, दिप श्रेष्ठ, फक्तेमान, कुमार सुब्बा र भक्तराज आचार्यलाई सम्मान गर्दै उहाँहरुको गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सुब्बाको प्रस्तुतिबाट दर्शकहरु अघाएनन् फर्माइस गरी रहेको सुनिन्थ्यो । आफैले संगीत भरेको राष्ट्रिय गीतबाट शुभारम्भ भएको एकाल साँझलाई अन्त्यौलीमा अम्बर गुरुङको नौलाख तारा उदाए धर्तीको आकाश खुलेछ ...बाट गरेका थिए ।
एकल साँझलाई नजीकबाट हेरेपछि हङकङमा रहेका चर्चित लोकगायक खेमराज गुरुङले भने -"नेपाली गीत संगीतमा दिनेश सुब्बा एकल साँझले ठूलो महत्व राख्छ । कार्यक्रमलाई दर्शकहरुले दिएको मायाले स्थानीय नेपाली कलाकारहरुलाई थप हौसला प्रदान गर्छ ।" पत्रकार पशन तमू कार्यक्रम हेरेपछि प्रतिक्रिया दिँदै भन्दै थिए -"दिनेश सुब्बा हङकङमा रहने नेपालीहरुकालागि धरोहर हुनुहुन्छ उहाँको एकल साँझ संगीत बुझनेहरुकालागि उत्कृष्ट थियो ।" गायक गणेश पराजुलीले भन्दै थिए "हालसम्म भएको स्थानीय कलाकारहरुको कार्यक्रममा सबैभन्दा राम्रो हो ।"
सन् १९९६ सालमा हङकङ प्रवेश गर्नु भएको दिनेश सुब्बा लगभग १२ वर्षो अन्तरालमा धेरै संगीतका विधार्थीहरुलाई नेपाली गीत संगीतका बारेमा शिक्षा प्रदान गर्नु भइसकेको छ । पहिलो पटक आयोजना भएको एकल साँझमा सबैबाट स्याबासी पाएपछि प्रसन्न हुनुभएका दिनेश सुब्बाले भन्नु भयो -"हङकङ प्रवेश गर्दा यस्तो परिकल्पना गरिएको थिएन ।"कार्यक्रममा दिनेश सुब्बाले आफूले संगीत भरेको रामकृष्ण ढकालको आवाजमा चर्चित बनेको 'हाम्रो सुन्दर संसार थियो', र 'हाँसु कति म', यम बरालको आवजमा चर्चित बनेको 'बादलुको घुम्टोले इलाम बजार छोपिन्दा', अरुण थापाले गाउनु भएको 'तिमी हेर्र्छौ भने जिन्दगीलाई', आफ्नै स्वरमा चर्चित बनेको थाहा नपाई माया मेरो र त्रि्रो हाम्रो मनको दुरी बढे जस्तो छ जस्ता कर्णपर्य गीतहरु प्रस्तुत गर्नु भएको थियो ।
एकल साँझमा वाद्यवादन तर्फमनोज घले, हरि श्रेष्ठ, कृष्ण महर्जन, पदम गुरुङ, विजय गुरुङ, धन थापा,, निशाद सुब्बा र केभिन थापाले सहयोग गरेका थिए । सह गायनमा भने वीरबहादुर थापा, अन्तिम र्राई, रोशा लिम्बू, सुनिता हिराचन, हषिर्त आले, टोपराज लामाको संलग्नता रहेको थियो । एकल साँझलाई सफल बनाउन अमोद र्राई, लारा, सोम थापा मगर लगायतका व्यक्तिहरुले आफ्नो सीप खर्चिको थिए । साँझ ७ ३० बजेदेखि शुभारम्भ भएको कार्यक्रमको प्रत्यक्ष प्रशारण एचकेनेपाल डटकमले गरेको थियो ।



No comments: