News

Jan 27, 2008

लिम्बू बस्तीको किपट कथा चेसुङ'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
पुख्र्यौली भूमिको स्वामित्वबाट लिम्बूहरू कसरी विस्थापित भए - चलचित्र 'लिम्बू बस्तीको किपट कथा' चेसुङ'-उपहार ले इतिहास खोतल्ने प्रयास गरेको छ । एकीकरणपछि किपटका रूपमा लिम्बू समुदायलाई भोगचलन गर्न दिइएको जमिनमाथि पञ्चायती सरकारले भूमिसुधार लागू गर्दा आइपरेका समस्या र लिम्बू समाजमा परेका सामाजिक-आर्थिक प्रभावलाई 'चेसुङ' ले उतार्न खोजेको छ ।
राजधानीमा शुक्रबार विशेष प्रदर्शन गरिएको चलचित्रमा लिम्बू समाजको चारदाम प्रथा, विवाह, मृत्यु तथा धाननाचका सर्न्दर्भसमेत समेटिएका छन् । तत्कालीन प्रशासनिक पदमा पुगेका सुब्बाबीचकै प्रतिष्ठाको लडाइले लिम्बू समाज कमजोर भएकाले अन्य समुदायले फाइदा उठाएको प्रसंग पनि चलचित्रमा उधिनिएको छ ।
दुइ सुब्बाबीचको दम्भले निम्त्याएका उपघटना र तत्कालीन सरकारले भूमिसुधार लागू गरेपछि छिन्नभिन्न बनेको किपट प्रथा चलचित्रको मूल विषय हो । मौसम इम्बुङको निर्देशन रहेको चलचित्रमा प्रेम सुब्बा, शोभा खजुम, बलराज जेवेगु, भीष्मा चेम्जोङ, आशिष लिङदेन, रमेश सिङघक, पुष्प श्रेष्ठ, सावित्रा इङनामलगायतले खेलेका छन् । भीष्मा चेम्जोङका कथालाई विक्रम सुब्बाका गीत र अशोक र्राईको संगीतले पछ्याएका छन् ।
'संघीयताको मुद्दा उठिरहेका बेला, निर्देशक मौसमले भने- 'लिम्बूहरू कसरी आफ्नो किपटबाट विस्थापित भए भन्ने इतिहास खोतल्न चलचित्र निर्माण गरिएको हो ।' लिम्बू विषयका आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका प्रेमको अभिनयले चलचित्रलाई बल दिएको छ । अन्य कलाकारको अभिनय ठीकै छ ।
छायांकन र प्रस्तुति शैलीमा भने धेरै कमजोरी देखिन्छन् । किपट खोसिदा लिम्बूहरू प्रताडित भएको सर्न्दर्भ देखाउन खोजिएको चलचित्रमा 'किपट आफैमा समान्ती प्रथा' झैं लाग्ने संवाद र घटनाहरू छन् । लिम्बूहरू अल्छी भएकाले किपट इतर समुदायका हातमा पुगेको घुमाउरो अर्थ लाग्ने सर्न्दर्भले पनि स्थान पाएको छ । किरात याक्थुङ माङगेना चुम्लुङका लागि काबेली फिल्म प्रोडक्सन धरानको ब्यानरमा निर्मित ९० मिनेट लामो चलचित्र डिजिटल प्रविधिमा छ ।

2 comments:

Dambar said...

Chesung DVD wa kunai pani format ma kinna paainchha ki paaidaina, chha bhane USA ma ni? USA ma Chesung, Nabin ji ra Chhabilaal Hangsorong ji ko Numaa Fung, wa kunai pani visual materials haru paaine thaaun bhayema malaai e-mail (dambar.chemjong@gmail.com) ma lekhnuhos. Limbu haruko baarema bhayeko visual materials haru kinera mero university ko Library ma dine bichar chha.

Dambar Chemjong
Cornell University
Ithca, NY

Tanchhokpa said...

Sewa Ro,

Male CHESUNG ko barema dherai nai sune Abhineta Prem Subba & Abhinetri Shobha Subba ji HARUKO abhinayale pakkai pani yo movie ma gahan bhumika kheleko hola.

Hami USA ma yesko agmanako pratiksha gardachoun. Kripaya Khabar garnu hola HAMRO samparkaharu www.ChumlungUSA.org ma pharak pharak thauko chha.

Ingkhang hangsng lo,
Nagendra Ingnam "Atharaili"