लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २७,एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुका ७४ जना पूर्व पदाधिकारीले एमाले नेता केपी ओली, भीम रावल, प्रदीप नेपाल र विद्या भण्डारीलाई कारबाही गर्न पार्टी अध्यक्ष झलनाथ खनालसमक्ष ज्ञापनपत्रमार्फत् माग गरेका छन्। उनीहरुले अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा महाधिवेशनको विधान, नीति, कार्यक्रम र सैद्धान्तिक अवधारणालाई उल्लङ्घन गर्ने जोकोही अतिवादी र गुटगत प्रवृत्तिप्रति पार्टीले उचित दण्ड सजायको भागिदार बनाउनुपर्दछ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गरेक छन्।पार्टीको आठौं महाधिवेशनपश्चात् जिल्ला–जिल्लामा समानान्तर कमिटी गठन गर्ने, पार्टीका अध्यक्ष चीनमा भएका बखत पार्टी कार्यालयमा पार्टीको कुनै आधिकारिक निर्णयबेगर नेतृत्वविरुद्ध पत्रकार सम्मेलन गर्नु, आफ्नै तरिकाले शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गर्ने जस्ता काम गरेकाले केपी ओलीलगायतलाई कारबाही गर्नुपर्ने माग उनीहरुको छ।यसैगरी महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई अवज्ञा गर्दै क्षेत्रीय पार्टी गठन गर्छु भन्दै सपथ ग्रहण कार्यक्रम बहिष्कार गर्ने र गृह मन्त्रीको बार्गेनिङपछि मात्र सपथ ग्रहण गर्ने भीम रावललाई पनि कारबाही गर्नुपर्ने जिकिर उनीहरुले गरेका छन्।त्यसैगरी आफ्नै पार्टीको प्रधान मन्त्रीले बोलाएको मन्त्री परिषद बैठकमा अनुपस्थिति जनाउने र क्याबिनेट निर्णय तथा अन्तरिम संविधानको भावनाविपरीत बोल्ने तथा वक्तव्यवाजी गर्ने विद्या भण्डारीलगायतलाई पनि कारबाही गर्नुपर्ने उनीहरुले उल्लेख गरेका छन्। प्रदीप नेपाललाई कारबाही गर्नुपर्ने कारणमा चाहिँ उनीले विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित गरी पार्टीका नेताहरुको धज्जी उडाउने तथा पार्टीको आठौं महाधिवेशनको भावनाविपरीत बोल्ने काम गरेको उल्लेख छ।
No comments:
Post a Comment