News

May 15, 2010

भावी दिनका कार्यक्रम दश दलको संयुक्त हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ १,माओवादीसहितका दश दलको बैठकले भावी दिनका कार्यक्रम गरिँदा संयुक्तरुपमा गर्ने निर्णय गरेका छन्। संविधान लेखन, सेना समायोजन, संयुक्त सरकार गठन जस्ता कामका लागि दबाब दिन संयुक्त कार्यक्रम गर्ने सहमति उनीहरुले गरेका हुन। उनीहरुले आफ्ना कार्यक्रमको 'बटमलाइन' डेमोक्रेसी हुनेमा पनि सहमति जनाएका छन्। माओवादी मुख्यालयमा शनिबार बसेको यी दलका बैठकले डेमोक्रेसी, संविधानसभा, शान्ति र आन्दोलनका सबै उपलब्धिहरुको रक्षाका लागि लाग्न सबैसँग आग्रह पनि गरेको चुरेभावरका महासचिव भोगिराज निरौलाले जानकारी दिए।यसैगरी बैठकले ३ गते नागरिक समाज र सबै सरोकारवालासँग अन्तर्क्रिया गर्ने निर्णय पनि गरेको छ।

No comments: