News

May 15, 2010

सवारी दुर्घटनामा ६ जनाको ज्यान गयो, दुई दर्जन घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ मे,२०१०काठमाडौं– सुनसरी र नवलपरासीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने झण्डै दुई दर्जन घाइते भएका छन् । सुनसरीको हरिपुरमा शनिबार बिहान ५ बजेतिर भएको दुर्घटनामा परि दुई जना भारतीय नागरिकको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पश्चिमबाट आईरहेको यात्रुवाहक बस ना३ख २५३२ नम्बर र पूर्वबाट गईरहेको ना३ख ३८७९ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा भारतको सुपौल घर भएका मोहम्मद मेरुताव र रौनक खातुन रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते यात्रु र चालकको सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
यस्तै शुक्रबार राती नवलपरासीको देउराली गाविसको रुम्सीमा जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । आठ यात्रु घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । धौबादीको पोखरी जाँदै गरेको लु१ज १२८७ नम्बरको जीप सडकबाट तीन सय मीटर तल खस्दा भएको दुर्घटनामा देउराली–७ की २५ बर्षीया धनमाया गाहामगर, उनकी तीन महिनाकी छोरी सीमा गाहा, सोही ठाउँका ३० बर्षीया गनिसरा गाहा र जीप चालक सुसन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

No comments: