News

May 18, 2010

सिद्धिपुरमा नेपालकै पहिलो मूत्र बैंक स्थापना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मानवमूत्रको उचित व्यवस्थापन गर्न र बालीनालीमा मलखादका रूपमा प्रयोग गर्न सिद्धिपुरका किसानहरूले आफ्नै गाउँमा नेपालकै पहिलो मूत्र बैंक स्थापना गरेका छन्। रासायनिक मलको प्रयोगबाट उत्पादित कृषिजन्य खाद्यवस्तुको गुणस्तरमा कमी आउनुका साथै माटोको उर्बरा क्षमतामा पनि ह्रास आउन थालेपछि उक्त क्षेत्रका किसानहरूले खेतीका लागि मानवमूत्र प्रयोग गर्न थालेका हुन्। प्रांगारिक मलका रूपमा मानवमूत्र प्रयोग गरी उत्पादन गरिएको खाद्यवस्तु स्वास्थ्यका दृष्टिकोणबाट पनि लाभदायक हुने उनीहरूको दाबी छ।उक्त मूत्रबैंकको सोमबार उद्घाटन गर्नुहुँदै युएन हाविटाट दक्षिण एसिया क्षेत्रका प्रमुख प्राविधिक सल्लाहकार डा. रोशनराज श्रेष्ठले मूत्रबैंकको स्थापनाले खेतबारीका लागि आवश्यक मूत्रको व्यवस्था गर्न कृषकहरूलाई सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार उक्त कार्यले समुदायमा वातावरणीय सरसफाइ सुधारमा पनि प्रभावकारी भूमिका खेल्ने देखिन्छ। हाल सानो स्तरमा शुरू गरिएको उक्त मूत्रबैंकको प्रभावकारिताअनुरूप भविष्यमा उक्त बैंकलाई बिस्तार गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो।

No comments: