News

May 12, 2010

दुई दिनभित्र गतिरोधको अन्त्य - प्रचण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ मे,२०१०,एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक गतिरोध दुई दिनभित्र अन्त्य हुने बताउनुभएको छ ।वार्ता र सहमतिको विकल्प नभएको बताउदै अध्यक्ष नेम्वाङले थोरै समय मात्र बाँकी रहेको तर्फसचेत गराएको जानकारी दिनुभयो । मुलुकमा देखा परेको अप्ठ्यारोका बारेमा प्रचण्डसँग छलफल भएको अध्यक्ष नेम्वाङको भनाई छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग आज भएको भेटवार्तामा प्रचण्डले उक्त कुरा बताउनुभएको हो । हामीले सरकारसँग वार्ता नगरेको हो दलहरुसगँ वार्ता गर्छ २ दिनभित्र केही न केही निष्कर्षमा पुग्छौ, प्रचण्डको भनाई उदृत गर्दै अध्यक्ष नेम्वाङले भन्नुभयो दलहरुले तय गरेको एजेण्डामा संविधान निर्माणको विषय पनि उल्लेख भएको बताउदै भेटमा प्रचण्डले छिट्टै निष्कर्षा पुग्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

No comments: