लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री माधवकुमार नेपालको राजिनामा नआउँदासम्म औपचारिक वार्ता नगर्ने माओवादीको निर्णय पछि सत्तापक्षले राजनीतिक निकासको निम्ति उसँग औनौपचारिक वार्ता शुरु गरेको छ।वार्तामा सत्तापक्षले शान्ति प्रकृया र नयाँ संविधान लेखन लगायत प्याकेजमा सहमतिको निम्ति तयार हुन आग्रह गरेका थिए।माओवादीले भने प्रधानमन्त्रीको राजिनामालाई मूल मुद्दा बनाएको बुझिएको छ।प्रमुख प्रतिपक्षिसँग भावि प्रधानमन्त्रीको रुपमा चर्चामा रहेका एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सत्तापक्षको तर्फबाट अलग अलग वार्ता गरेका थिए।
उनीहरुको कुराकानी पनि आफ्नै नेतृत्वमा नयाँ सरकारको माग गरिरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको थियो।त्यसबारे बुझ्न खोज्दा एमाले अध्यक्ष खनालसँग सम्पर्क हुन सकेन्।
शान्ति प्रकृया र शक्ति बाँडफाँड लगायत प्याकेजमै सहमति खोज्न माओवादीलाई मनाउने प्रयास गरेको कांग्रेस नेता रामचन्द्र पौडेलले बताएका छन्।

No comments:
Post a Comment