News

May 12, 2010

संविधानसभाको म्याद थप बारे कांग्रेस र एमाले छलफलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ मे,२०१०,कांग्रेस र एमालेका प्रमुख नेताहरुका बीच संविधान संशोधन र संविधानसभाको म्याद थप गर्ने बिषयमा कांग्रेस र एमालेका प्रमुख नेताहरुबीच अहिले छलफल भैरहेको छ। लालितपुरको सानेपा स्थित काँग्रेसको पार्टी कार्यालयमा भैरहेको छलफलमा अन्तरीम संविधान संशोधन गरेर संविधान सभाको म्याद थप र गतिरोधको अन्त्यका बिषयमा रहेको छलफलमा सहभागि एक नेताले जनपुकारलाई बताएका छन् ।यसअघि माओवादी र कांग्रेस नेताहरु बिच संविधान सभाको म्याद थप गर्ने बारेमा आज बिहान छलफल भएको थियो ।
माओवादीले संविधान संशोधन गरेर संविधान सभाको म्याद थप गर्ने बिषयमा सकारात्मक संकेत दिएको नेताहरुले बताएका छन् । काठमाण्डौको नयाँ बजार स्थित माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा भएको छलफलमा संविधान सभाको म्याद थप गर्ने बिषयमा माओवादी सकारात्मक देखिएको कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभएको थियो।

No comments: