लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२६ वैशाख,एकीकृत नेकपा माओवादीले प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिएसम्म सरकारसँग वार्ताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाई वार्ताका लागि आह्वान गर्दै आइतबार पत्राचार गरेपछि माओवादीले यस्तो निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्रीको हैसियतमा माधवकुमार नेपालले वार्ताको आह्वान गरेका रहेछन्, त्यसमा वार्ताका लागि कुनै मिति र ठाउँ पनि छैन, सहमतिका लागि भनेर लाजै नमानी लेखेका रहेछन्,' माओवादी सचिव सिपी गजुरेल गौरवले भने, 'जनतालाई आफू वार्ताप्रेमी छु भनेर देखाउन भ्रमपूर्ण तरिकाले लेखेका छन्, त्यसको औचित्य छैन ।'
स्थायी समितिको बैठक जारी रहँदा प्रधानमन्त्री नेपालले पठाएको पत्र माओवादी मुख्यालयमा दर्ता गरिएको थियो । त्यसलगत्तै पत्रलाई माओवादी अध्यक्ष प्रचण्डले बैठकमा पढेर सुनाएका थिए ।
'प्रधानमन्त्रीको पत्र आएको थियो, अध्यक्ष कमरेडले पढेर सुनाउनुभयो,' माओवादी प्रवक्ता दीनानाथ शर्माले संवाददाताहरूसँग भने, 'हामीले वार्ताको वातावरणका लागि पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने निष्कर्ष निकाल्यौं ।' प्रधानमन्त्रीको पत्रमा आमहडतालको फिर्ताले वार्ताको वातावरण बनाएको र सहमतिको विकल्प नरहेकाजस्ता विषय समेटिएको माओवादी नेताहरूले बताए ।
माओवादीले ११ जेठमा पनि मे दिवसकै जस्तै प्रदर्शन गर्ने जनाएको छ । आइतबारको स्थायी समितिको बैठकले २७ वैशाखदेखि ११ जेठसम्मका लागि कार्यक्रम तय गरेको छ । बैठकपपछि माओवादी प्रवक्ता दीनानाथ शर्माले २७ देखि ३१ वैशाखसम्म सांगठनिक आन्तरिक तयारी गर्ने, १ देखि १० जेठसम्म राज्य र जिल्लास्तरमा प्रशिक्षण चलाउने तथा ११ जेठमा राजधानी र प्रमुख सहरमा जनप्रदर्शन गर्ने निर्णय लिइएको बताए । यस्तो कार्यक्रमको तयसँगै आन्दोलनका लागि काठमाडौं आएका माओवादी कार्यकर्ता गृह जिल्ला फर्केका छन् ।

No comments:
Post a Comment