लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मोरङ, वैशाख २७,विद्यार्थीलाई यौन दुर्ब्यवहार गरेको आरोपमा गाउँलेले एक शिक्षकलाई गाउँ निकाला गरेका छन् । मोरङ, हसन्दह-३ स्थित पथरी इङ्लिस एकेडेमीका प्रिन्सिपल फत्तेबहादुर आचार्यलाई आफ्नै विद्यालयका दुई बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा गाउँ निकाला गरिएको हो । प्रिन्सिपल आचार्यले ती बालिकालाई स्कुल गएको समयमा पटकपटक यौन दुव्र्यवहार गरेको स्थानीय बासिन्दाले बताएका छन् । पीडित बालिका स्कुल जान नमानेपछि अभिभावकले सोधीखोजी गर्दा सो घटना सार्वजनिक भएको बताइएको छ ।
No comments:
Post a Comment