लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रममन्त्री महमद आफ्ताव आलमले श्रम सहचारी नियुक्तिमा सहमति दिन ढिलाइ गरेको आरोप लगाउँदै परराष्ट्र मन्त्रालयका सचिव मदन भट्टराईमाथि हातपात गरेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा वैशाख २० गते मन्त्री आलमले भट्टराईलाई अपशब्द बोल्दै हातपात गरेको परराष्ट्रका एक अधिकृतले जानकारी दिए। प्रधानमन्त्री माधवकुमार नेपालले अहिले माओवादी आन्दोलनका कारण राजनीतिक अवस्था अस्थिर बनेकाले हातपातको विषय बाहिर नल्याउने भनेपछि परराष्ट्र मन्त्रालयका कर्मचारी चुप बसेका थिए तर मन्त्री आलममाथि कुनै पनि कारबाही नभएपछि उनीहरूले यो विषयलाई र्सार्वजनिक गरेका हुन्।अन्मिनको म्याद थपका विषयमा छलफल गर्न बोलाइएको बैठकमा आलमले परराष्ट्र सचिव भट्टराईलाई हातपात गरेपछि अन्य मन्त्रालयका सचिवहरूसमेत बैठक छाडेर बाहिरिएका थिए। परराष्ट्रका कर्मचारीहरूले वैशाख २१ गते सचिव भट्टराईमाथि आक्रमण गर्ने मन्त्री आलमलाई कारबाही हुनुपर्ने माग गर्दै प्रधानमन्त्री नेपाललाई भेटेका थिए तर हालसम्म पनि उनीमाथि कारबाही भएको छैन।
No comments:
Post a Comment