लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २८,संविधान बनाउनु पर्ने निर्धारित मिति जेठ १४ आउन १६ दिनमात्र बाँकी रहेको बेला प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको म्याद थप्नेबारे परामर्श थालेका छन्। जेठ १४ मा संविधानसभाको म्याद सकिनु अगावै सरकारले व्यवस्थापिका-संसदमा संविधान संशोधनको प्रस्ताव लैजानुपर्ने भएकाले आफूले सबै दलहरुको राय बुझ्न सुरु गरेको प्रधानमन्त्री नेपालले जानकारी गराए।
संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग परामर्श थाल्ने क्रममा उनले आज नेपाल सदभावना पार्टी (आनन्दीदेवी) का अध्यक्ष तथा सभासद् श्यामसुन्दर गुप्तासँग परामर्श गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए।भेटका अवसरमा अध्यक्ष गुप्ताले दलहरुका बीचमा लोकतान्त्रिक मूल्य र संवैधानिक मान्यता अनुसार सहमति निर्माण हुनुपर्ने र संविधान सभा भित्रैबाट संविधान बन्नुपर्ने आफ्नो पार्टीको मान्यता रहेको जानकारी दिएका थिए।प्रधानमन्त्री नेपालले अरु दलहरुसँग पनि छिट्टै परामर्श गर्ने उनले बताए।

No comments:
Post a Comment