News

May 12, 2010

लिबियाको विमान दुर्घटनामा १ सय ५ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१२ मे,२०१०,लिबियामा भएको विमान दुर्घटनामा विमानमा यात्रारत सम्पुर्ण १ सय ५ यात्रुको मृत्यु भएको छ । अप्रिकियास एयरवेजको एअरबस ३२०-२०० जहाज ट्रिपोली विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो । दक्षिण अप्रिकाको राजधानी जोहानसर्वर्गबाट उडेको विमानभित्र ९४ यात्रु र ११ चालक दलका सदस्य रहेका थिए । विमानमा बेलायती र दक्षिण अप्रिका लगायत विभिन्न देशका नागरिकहरु यात्रा गरिरहेको अनुमान गरिएको छ । दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन ।

No comments: