लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उद्योगी-व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले ४८ घण्टाभित्र राजनीतिक सहमति निर्माण गरी देशलाई निकास दिलाउन प्रमुख तीन राजनीतिक दललाई अल्टिमेटम दिएको छ। महासंघका ३ सय संस्थागत सदस्य, १० वटा द्विराष्ट्रिय संघ र ७७ वटा वस्तुगत संघको उपस्थितिमा बिहीबार राजधानीमा भएको आकस्मिक भेलाले राष्ट्रियता, देश र देशवासीको उज्ज्वल भविष्यका लागि शान्ति र संविधानका खातिर राष्ट्रिय सहमतिमा आउन आ³वान गर्दै प्रमुख राजनीतिक दलहरूलाई सो चेतावनी दिएको हो। उद्योगी-व्यवसायीको ६ घण्टा लामो छलफलपछिको निर्णय सार्वजनिक गर्दै महासंघका अध्यक्ष कुशकुमार जोशीले शनिबार साझासम्म सहमति नभए दबाबमूलक कार्यक्रम गर्ने जानकारी दिनुभयो। दुइ दिनभित्र राजनीतिक दल सहमतिमा नआए मुलुकभरि शान्ति र्याली गरेर सहमतिमा आउन जनमत सिर्जना गरिने, शान्ति र्यालीबाट पनि समस्या ज्यूँका त्यूँ रहे मुलुकका सबै उद्योगी-व्यवसायीले राजनीतिक दललाई चन्दा दिन बन्द गर्ने निर्णय भएको अध्यक्ष जोशीले बताउनुभयो।
No comments:
Post a Comment