लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २८ - माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार बन्ने अवस्था आएमा अध्यक्ष पुष्पकमल दाहालको विकल्प खुला राख्ने निर्णय गरेको छ । यसअघि माओवादीले प्रस्तावित सरकारको नेतृत्व पार्टी अध्यक्षले नै गर्ने जनाएको थियो ।
प्रधानमन्त्री माधवकुमार नेपालले दाहालबाहेक अन्य नेताको नाम प्रस्ताव भए राष्ट्रिय सरकारको बाटो खुला गर्ने बताइरहेकै बेला माओवादीले दाहालको विकल्प खुला गरेको हो । कांग्रेस र एमालेलगायत दलले माओवादी उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका रूपमा माओवादीबाट प्रस्ताव आए सहमति हुने बताउँदै आएका थिए ।
उच्च स्रोतका अनुसार सोमबार स्थायी समिति बैठकमा दाहाल स्वयंले राष्ट्रिय सहमतिका लागि आफ्नो विकल्पबारे लचकता अपनाउन सकिने प्रस्ताव गरेका थिए । बैठकले दाहालको विकल्प खुला गरे पनि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा कसैको नामचाहिँ किटान गरिएको छैन ।

No comments:
Post a Comment