News

May 14, 2010

अश्लील क्रियाकलापमा संलग्न सात पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ३० - आफ्नै घरमा विगत दुई वर्षदेखि विभिन्न लोभलालच तथा प्रलोभनमा पारेर युवती जम्मा गरी यौन व्यवसाय सञ्चालन गर्दै आएकी सीता थापासहित सात जनालाई प्रहरीले आज पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका- ३५ बस्ने ३६ वर्षीया थापाले कोटेश्वरस्थित आफ्नै घरमा यौन व्यवसाय गर्दै आएको सुराकी पाएपछि महानगरीय प्रहरी परिसर हनुमानढोकाबाट खटिएको प्रहरीले अश्लील चलचित्रका सिडीसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए।
उनका अनुसार जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाउने काठमाडौँ महानगरपालिका-२९ ठमेलस्थित जावेल गेस्ट हाउसका मेनेजर दिनेश लामालाई प्रहरीले पक्राउ गरेको छ। लामा र सोही गेस्ट हाउसका सञ्चालक प्रकाश क्षेत्रीले १४ र १५ वर्षीया किशोरीलाई विभिन्न प्रलोभन तथा करकापमा पारी आफ्ना ग्राहकसँग शारीरिक सम्पर्क गर्न लगाउने गरेको अनुसन्धानबाट खुलेको छ।
पीडितले निजहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही गरिपाउँ भनी महानगरीय प्रहरी परिसर काठमाडौँमा जाहेरी दरखास्त दिएपछि प्रहरीले निज लामालाई पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी प्रभाग हनुमानढोकाले जनाएको छ। प्रहरीले हाल फरार रहेका अर्का अभियुक्त प्रकाशको खोजी गरिरहेको प्रवक्ता शर्माले बताए।यसैगरी जबर्जस्ती अश्लील क्रियाकलापमा संलग्न गराउने ठमेलस्थित श्रीगणेश गेस्ट हाउसका सञ्चालक प्रेमबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै जबर्जस्ती अश्लील नृत्य गर्न लगाउने ठमेलस्थित क्वालिटी डान्स बारका सञ्चालक दीपक खड्का, धनबहादुर खड्का र राम भट्टराईको प्रहरीले खोजी गरिरहेको छ।
निजहरूले पाँच महिलालाई करकापमा पारी अश्लील नृत्य गर्न लगाउने र नगरेमा विभिन्न किसिमका धम्की दिने तथा डरत्रासमा पार्ने गरेकाले निजहरूमाथि कारबाही गर्न पीडितले जाहेरी दरखास्त दर्ता गराएपछि उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

No comments: