News

May 14, 2010

संबिधानसभाको म्याद थप्न एमाले सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१४ मे, २०१०,नेकपा एमालेले राजनीतिक दलहरुसँग सहमति कायम गरी संबिधानसभाको समयावधि थप्न गम्भिर छलफल अघि बढाउने निर्णय गरेको छ । आज बसेको एमाले संसदीय दलको बैठकले संविधानसभाको म्याद बढाउन सबै दलसँग सहमति कायम गरी अगाडि बढ्ने निर्णय गरेको हो । बैठकमा कार्ययोजना र आवश्यक समय कति हो भन्ने निर्क्यौल गरेरमात्र समय थप्नुपर्नेमा बहस केन्द्रित भएको थियो ।
बैठकमा सांसदले संविधानसभाको म्याद कार्ययोजनाका आधारमा मात्र थप्नुपर्ने र संविधान लेखनका लागि कति समय आवश्यक हो, त्यसबारे दलीय सहमति कायम गर्नुपर्नेमा जोड दिएको बताइएको छ ।
बैठकको प्रारम्भमा पार्टी अध्यक्ष झलनाथ खनालले संविधान निर्माण, शान्ति प्रक्रियालगायत मुलुकका समसामयिक विषयबारे बैठकलाई जानकारी गराएका थिए।बैठकमा आठ सांसदले भनाइ राखेका थिए। बैठकमा प्रधान मन्त्री माधवकुमार नेपाल पनि उपस्थित थिए।

No comments: