News

May 11, 2010

टेस्टटयुब बेबी जन्माउने सेवा दिन स्वीकृतिका लागि प्रस्ताव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परोपकार प्रसूतिगृह अस्पतालले विपन्न सन्तानहीनहरुका लागि टेस्टटयुब बेबी जन्माउने सेवा दिन स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालयसमक्ष प्रस्ताव पेस गरेको छ।पैसा हुने व्यक्तिहरूले केही वर्षदेखि ओम अस्पताल र ग्लोबल अस्पतालमा ५ लाखदेखि १० लाखसम्म खर्च गरेर सन्तान जन्माउने गरेका छन्। तर न्यून आय भएका व्यक्तिहरूले यति धेरै खर्च गर्न नसकेका कारण सन्तानको रहर पूरा गर्न नसकेको अवस्थामा परोपकार प्रसूतिगृहले अघि सारेको प्रस्ताव अत्यन्तै सराहनीय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोही सन्तान नभएका कारण लाखौं खर्च गरेर भए पनि सन्तान जन्माउने प्रविधिको खोजी गर्दै भौंतारिएका बेला केही आमाहरू प्राकृतिक रूपमै जन्मिएका आफ्नो सन्तान छोरी भयो भनेर अस्पतालमै छोडेर भाग्ने प्रवृति पनि कायमै छ। प्रसूतिगृहमा दुई महिनाका बीचमा २ जना आमाले आफूले जन्म दिएको सन्तान छोरी भएका कारण अस्पतालमै छोडेर भागेको परोपकार प्रसूतिगृहका निर्देशक डा. लता वज्राचार्य बताउनुहुन्छ। टेस्टटयुब बेबी सामान्य अवस्थामा बच्चा जन्माउनुभन्दा निकै गम्भीर र खर्चिलो हुनुका साथै यसका लागि छुट्टै तालिम प्राप्त चिकित्सकहरूको खाँचो पर्ने हुनाले स्वास्थ्य मन्त्रालयले योजना स्वीकृति गरेको खण्डमा अस्पतालले चिकित्सकहरूको टोलीलाई भारतलगायत प्रविधियुक्त मुलुकमा तालिमका लागि पठाउनुपर्ने निर्देशक डा. वज्राचार्य बताउनुहुन्छ।

No comments: