News

May 14, 2010

अनमिनको म्याद चार महिना थप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१३ मे, २०१०,नेपालको शान्ति प्रक्रियामा मध्यस्तता गरिरहेको संयुक्त राष्ट्रसङ्घीय मिसन-अनमिनको म्याद चार महिनाका लागि थपिएको छ ।नेपाल सरकारले सो म्याद थपका लागि गत हप्ता निर्णय गरी राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई अनुरोध गरी पत्र पठाएको थियो संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बुधबार राति बसेको बैठकले नेपालमा शान्ति स्थापनार्थ कार्यरत अनमिनको म्याद चार महिनाका लागि थपिएको अनमिनले जनाएको छ ।यसअघि थपिएको अनमिनको म्याद भोलि शुक्रबार सकिदै थियो । यो समेत गरी अनमिनको म्याद छ पटकसम्म थपिसकिएको छ ।

No comments: