News

Sep 19, 2012

सहमति नभए नयाँ निर्वाचनमा जान सत्तारुढ दल सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सत्तारुढ एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाले संघीयताका विषयमा सहमति नभए नयाँ निर्वाचनमा जाने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उनीहरुको बैठकमा १० वा १४ प्रदेशको संघीय स्वरुपलाई सहमतिका लागि चार दलको बैठकमा लैजाने तर सहमति नभए निर्वाचनमा जाने सहमति भएको हो । उनीहरुले राष्ट्रपतिबाट बाधा अडकाउ फुकाएर निर्वाचनमा जानुपर्ने समेत आफ्नो धारणा बनाएका छन् । बैठकपछि नेताहरुले १० वा १४ प्रदेश बाहेकमा सहमति हुन नसक्ने भन्दै सहमति नभए निर्वाचन जानुपर्ने बताएका छन् । बैठकपछि सञ्चारकर्मीहरु प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले अन्य दल पनि १० वा १४ प्रदेशमा सहमत भए संविधानसभा पुनःस्थापना गर्ने नभए बाधा अडकाउ फुकाएर निर्वाचनमा जाने प्रस्ताव चार दलको बैठकमा पेस गरिने बताए ।

No comments: