News

Sep 13, 2012

९ पटक कार धोएमा निशुल्क सेक्स

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
विभिन्न कम्पनीहरुले आफ्ना उत्पादन बिकाउन वाहियात खालका अफर ल्याउँछन् जसको कुनै उपादेयता हुँदैन । तर मलेसियामा एक ग्यारेज र मसाज पार्लरले संयुक्त रुपमा यस्तो अफर ल्याएछन् जसको उपयोग गर्न ग्राहकको तछाडमछाड नै भएछ । साँच्चीकै उक्त अफर खोजी खोजी उपभोग गर्ने खालकै रहेछ । हो, मलेसियाको एक ग्यारेजले यस्तो रोचक अफर ल्याएको रहेछ जसमा नौ पटक उक्त ग्यारेजमा लगातार कार धुन ल्याउने ग्राहकले निशुल्क सेक्सको मज्जा लुट्न पाउने रहेछ । राजधानी क्वालालाम्पुरको एक ग्यारेजले स्थानीय एक मसाज पार्लरसँग मिलेर यस्तो अफर प्रदान गरिरहेको रहेछ । जुन अन्ततः प्रहरीको फन्दामा पर्यो । समाचार अनुसार पुरुष कारधनीले निश्चित समयभित्र उक्त ग्यारेजमा आफ्नो कार नौ पटकसम्म वास गर्न लगेमा यस्तो अफरका लागि योग्य मानिने रहेछ । दशौँ पटक कार धुन लग्दा कार धुवाइ सँगै उसलाई एउटा यस्तो कार्ड दिइने रहेछ जुन लगेर उसले उक्त मसाज पार्लरमा गएर त्यहाँका यौनकर्मी महिलासँग एकपटक फि्र मा सेक्स गर्न पाउँदो रहेछ । प्रहरीले ग्यारेजसँग पार्टनरमा बिजनेस गरेर कार धुने ग्राहकलाई निशुल्क सेक्स प्रदान गर्ने मसाज पार्लरमा छापा मार्दा समेत केही त्यस्ता ग्राहक फेला पार्यो जसले नौ वटा कार वास गरेको कार्ड लिएर उक्त पार्लरका यौनकर्मी महिलासँग सेक्स गर्न पुगेका थिए । त्यसक्रममा ५ जना पुरुष ग्राहकहरुले त्यस्तो अफरको फाइदा लुट्न लागेको पाइएको थियो । छापा मार्ने क्रममा १८ देखि २८ वर्ष उमेरका ९ जना भियतनामी यौनकर्मी महिला समेत पक्राउ परेका छन् । साथै त्यस्तो अवैध अफर प्रदान गरेर व्यापार गरिरहेका ४ जना शाहुहरुलाई पनि प्रहरीले पक्रेको छ ।

No comments: