News

Sep 27, 2012

१६ विपक्षी दलले सोमबार सरकार विरुद्ध गर्ने आन्दोलन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नेपाली कांग्रेस, नेकपा एमाले लगायत १६ विपक्षी दलले सोमबार सरकार विरुद्ध गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । बिहिबार एमाले पार्टी कार्यालय बल्खुमा बसेको १६ दलको बैठकले केही विषयमा गृहकार्य बाँकी रहेकाले सोमबार मात्र सरकार विरुद्धको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । विपक्षी दलले १५ गते राजधानीमा पत्रकार सम्मेलन गरी सरकार विरोधी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका हुन् । आजको बैठकमा, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा–माओवादी लगायतका १६ दलका शीर्ष नेताको सहभागिता थियो । आजको बैठकपछि आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको भए पनि विपक्षी दलहरुले गृहकार्य नपुगेको भन्दै आन्दोलनका कार्यक्रम सोमबार मात्र सार्वजनिक गर्ने निर्णय गरेका हुन् ।

No comments: