News

Sep 22, 2012

बाख्रापालक महिलालाई अमेरिकी डलर पुरस्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रत्ननगर (चितवन), आश्विन ६ - दुःख गरे के हुँदैन र भन्ने भनाइलाई यहाँकी ग्रामीण क्षेत्रकी एक महिलाले चरितार्थ गरेकी छिन् । कक्षा ५ पनि नपढेकी ती महिलाले उत्कृष्ट पुरस्कार प्राप्त गरेपछि यो भनाइ चरितार्थ भएको हो । चितवनको विकट शक्तिखोर गाविस–८ देवीटारकी बाख्रापालक महिलालाई ७० हजारको पुरस्कार पाउँदा आफू छाँगाबाट खसेजस्तो लाग्यो । “मलाई छाँगाबाट खसेजस्तो भयो, विश्वासै लागेन”, उनले भनिन् । गाउँकी महिला भए पनि समाज परिवर्तन र आयआर्जनका कार्यक्रममा सक्रिय भएकाले त्यसको मूल्याङ्कन गर्दै स्थानीय महिला छमीकुमारी मगरलाई रु. ७० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । बाह्रौँ हेफर दिवसको अवसरमा चितवनको शक्तिखोरमा भएको पुरस्कार वितरण समारोहमा यस वर्ष स्वर्णिम प्रतिभा पुरस्कार (करिब एक हजारको अमेरिकी डलर) बाट मगरलाई सम्मान गरिएको हेफरका क्षेत्रीय कार्यक्रम प्रबन्धक डा. पीताम्बर कुसवाहले जानकारी दिनुभयो । आफ्नो परिचय दिन समेत लाज मान्ने स्थानीय महिलालाई अग्रसर गराएर समाज परिवर्तनका साथै महिलाहरूलाई स्वरोजगारमा सक्रिय बनाएको कदर स्वरूप उनलाई पुरस्कार प्रदान गरिएको हो । सो रकममध्ये ४० प्रतिशत रकम व्यक्तिगत र ६० प्रतिशत रकम ऊ आबद्ध संस्थाको हितमा लगाउनुपर्ने प्रावधान रहेको छ । देवीटार परिवार समूहकी अध्यक्षसमेत रहेकी छमीकुमारी गाउँकी अगुवा महिलामा गनिएकी छन् । अहिले गाउँमा रहेका १३३ घरधुरीका महिला बाख्रापालनमा लागेर आत्मनिर्भर बन्नुमा मुख्य देन छमीकुरामीकै रहेको स्थानीय सोम मगरले जानकारी दिए ।

No comments: