News

Sep 14, 2012

केएफसी र पिज्जाहट तीनबुँदे सहमतिपछि आइतबार खुल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एक महिनादेखि बन्द रहेको केएफसी र पिज्जाहट तीनबुँदे सहमतिपछि आइतबार खुल्ने भएको छ। कम्पनीको नियम-विनियम मजदुरहरुले पूर्ण रुपमा पालना गर्ने, व्यवस्थापनले नेपालको श्रम ऐन र ट्रेड युनियनसम्बन्धी कानुन पालना गर्ने र मजदुरहरुले कानुनविपरीत गल्ती गरे व्यवस्थापनले कारबाही गर्न सक्ने सहमति भएको छ। सहमतिपछि भोलि र पर्सि सरसफाइ गरेर आइतबारदेखि केएफसी, पिज्जा हट र क्रिमवेल रेष्टुरेण्ट संचालन गरिने भएको हो। मजदूरले कम्पनीका मानव संशाधन विभाग प्रमुख कृष्ण शर्मालाई आक्रमण गरेको भन्दै व्यवस्थापनले गत साउन ३० गतेदेखि सूचना टाँसेर काठमाडौ दरवारमार्गको केएफसी, पिज्जाहट र क्रिमवेल रष्टुरेण्ट, व्लुवर्ड मलको केएफसी र पिज्जा हट डेलिभरी रेस्टुरेन्ट अनिश्चितकालका लागि बन्द गरेको थियो।

No comments: