News

Sep 27, 2012

जलवायु परिवर्तनबाट १० करोड मानिसले ज्यान गुमाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जलवायु परिवर्तनका कारण सन् २०३० सम्ममा विश्वमा १० करोड मानिसको ज्यान जाने तथा विश्वको कुल गाह्रस्थ उत्पादनमा ३.२ प्रतिशतले कमी आउने एक अध्ययनले देखाएको छ । जलवायु परिवर्तनको दर यहीँ रहेमा सन् २०३० सम्ममा गरीब देशहरुको गाह्रस्थ उत्पादनमा ११ प्रतिशत भन्दा बढिले कमी आउने डरलाग्दो तथ्य समेत सार्वजनिक भएको छ । जलवायु परिवर्तनबाट प्रभावित विभिन्न २० विकाशशील देश सम्मिलित डारा नामक मानवतावादी संगठले गरेको अध्ययनले जलवायु परिवर्तन न्युनिकरण तथा यसका असरसँग जुध्ने सक्षमता वृद्धि नभएमा जलवायु परिवर्तनका नकारात्मक असरबाट विश्वले ठूलो क्षति भोग्नुपर्ने चेतावनी दिएको हो । जलवायु परिवर्तन तथा उष्ण्िाकरका कारण हुने हिमगलन, प्रतिकुल मौसम, समुद्रको सतहमा वृद्धि तथा सुख्खा खडेरी जस्ता घटनामा अझै वृद्धि हुने र यसले धनजनमा ठूलो क्षति पूराउने ठहर डाराको छ । संगठनका अनुसार अहिले विश्वमा वायु प्रदुषणका कारण वर्षेनी ५० लाख जनाको मृत्यु हुने गरेको र जलवायु परिवर्तनको दर बढ्दै जाँदा सन् २०३० सम्ममा यो संख्या ६० लाख पुग्नेछ । यो मध्ये ९० प्रतिशत मृत्यु विकाशशील देशमा हुने गरेको छ । जलवायु परिवर्तनको असर गरीब देशहरुलाई निकै धेरै पर्ने गरेको छ । जलवायु परिवर्तनका कारण सिर्जित पानी संकट, खडेरी, कृषि उत्पादनमा कमी, गरिबी तथा रोग जस्ता कारणहरुबाट गरिब देश झनै गरीब बन्ने खतरा रहेको विज्ञहरुको भनाइ छ ।

No comments: