News

Sep 17, 2012

मायोजनका लागि परीक्षा दिएका लडाकु खुसी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चितवन, आश्विन १ - सेनामा समायोजनका लागि सबै तहका लडाकु का लागि धमाधम परीक्षा चलिरहेको छ । सैनिक जवान तहका लागि लिइएको परीक्षा सोमबार निर्वाध रूपमा सम्पन्न भएको सेना समायोजन विशेष समिति सचिवालयले जनाएको छ । सैनिक महाविद्यालय चैनपुर पर्सामा भइरहेको अधिकृत तहका लडाकु को परीक्षा ३ दिन हुने भएकाले मंगलबार मात्र सकिने छ । आइतबारदेखि भएको अधिकृत तहको परीक्षाको दोस्रो दिन सोमबार सातै शिविरबाट आएका लडाकु ले सहजपूर्वक परीक्षा दिए । उता, शक्तिखोर शिविरमा भएको लडाकु तहका लागि नेपाली, अंग्रेजी र गणित एउटै प्रश्नपत्रमा तयार गरिएको थियो । सय पूर्णाङ्कको प्रश्नपत्रमा सबै विषय र सामान्यज्ञानका प्रश्नहरु सोधिएका थिए । अवकासमा जाने लडाकु लाई रकम वितरण सकिएको र परीक्षामा प्रत्यक्ष सहभागी हुन नपर्ने भएपछि सचिवालयका संयोजक बालानन्द शर्मा सहितको टिम सोमबार नै काठमाडौं फर्किसकेको छ । अधिकृत र जवान तहका लागि अलग अलग प्रश्नपत्र तयार गरिएको थियो । तर, दुवै तहका लागि सरल प्रश्नावली समावेश गरिएको सहभागी लडाकु ले जानकारी दिए । परीक्षामा सहभागी अधिकांश लडाकु ले प्रश्न सजिलो भएको र राम्रो नजिजा आउने खुसी व्यक्त गरे । मलाई निकै खुसी लागेको छ, सबै प्रश्न मिलाएकी छु, सहभागी महिला लडाकु भीमकुमारी आचार्यले ईकान्तिपुरसँग भनिन्, 'परीक्षा राम्रो भएकाले म छनौट हुनेमा ढुक्क छु ।' धेरै साथीहरूले परीक्षा मिलाएको उनले बताइन् । शक्तिखोरका १३ जनासहित देशैभरका ६ वटा शिविरबाट आएका ८५ जना लडाकु ले अधिकृत तहमा परीक्षा दिइरहेका छन् । सचिवालयका अनुसार सातै शिविरबाट करिब १ हजार ५ सय लडाकु ले समायोजनका लागि परीक्षा दिएका छन् ।

No comments: