News

Sep 13, 2012

प्रधानमन्त्रीले इच्छाएका कुबेरसिंह राना नेपाल प्रहरीका २३ औँ महानिरीक्षक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले इच्छाएका व्यक्तिलाई आजको मन्त्रीपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको छ । बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका २३ औँ महानिरीक्षकको रुपमा कुवेरसिंह रानालाई नियुक्त गरेको हो । उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले भीष्म प्रसाईंलाई महानिरीक्षक बनाउनुपर्ने अडान राखे पनि आजको मन्त्रिपरिषद् बैठकले सर्वसहमतिमा प्रधानमन्त्रीले इच्छाएका व्यक्तिलाई महानिरीक्षक बनाएको एक मन्त्रीले बताएका छन् । त्यस्तै मन्त्रीपरिषद्को आजको बैठकले आईसीसी विश्व क्रिकेट लिग डिभिजन–४ विजेता नेपाली क्रिकेट टिमका खेलाडी र प्रशिक्षकलाई जनही ३–३ लाख रुपैयाँका दरले सम्मान गर्ने समेत निर्णय गरेको छ । त्यस्तै आजकै बैठकले सरकारी विद्यालय तथा क्याम्पस पढ्ने विद्यार्थीलाई ग्यास र मट्टितेलमा छुट दिने निर्णय समे गरेको छ । मन्त्रिपरिपदको निर्णयअनुसार वर्षमा चार वटा ग्यासमा प्रतिसिलिण्डर दुई सय ५० रुपैयाँ र मट्टितेलमा प्रतिलिटर १० रुपयाँ छुट दिने निर्णय गरेको छ ।

No comments: