News

Sep 23, 2012

चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चिकित्सकको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै रौतहटको गौरमा रहेको जिल्ला अस्पतालमा मृतकका आफन्तले तोडफोड गरेका छन् । तोडफोडको कारण अस्पतालको आकस्मिक कक्षमा क्षति पुगेको छ । सर्पको डसाईबाट घाइते भएका रौतहटको झुनखुनुवा गाविस-५ का १६ वर्षीय रामेश्वर महतोको उपचारका क्रममा जिल्ला अस्पताल गौरमा आज बिहान मृत्यु भएको हो । अहेब सञ्जिव मण्डलको लापारवाहीका कारण महतोको मृत्यु भएको महतोका आफन्तहरुले आरोप लगाएका छन् । घरमै सुतिरहेका बेला आज बिहान २ बजे सर्पले महतोलाई डसेको थियो । सर्पले डसेलगत्तै उपचारका लागि गौर अस्पतालमा लगिएका महतोको बिहान मृत्यु भएको थियो । सर्पले डसेका बिरामीलाई एन्टि स्नेक भेनम लगाउनु पर्ने भएपनि अहेब मण्डलले उक्त औषधीको प्रयोग नगरेका कारण बिरामीको मृत्यु भएको मृतकका आफन्तको आरोप छ । स्थानीय प्रशासन र परिवारबीच अहिले वार्ता भइरहेपनि अस्पताल भने वार्तामा आउन मानेको छैन । क्षतिपूर्ति नपाएसम्म अस्पतालबाट शव नउठाउने अडान आफन्तले लिएका छन् ।

No comments: