News

Sep 21, 2012

पूर्वराजाको भ्रमण रद्द भएपछि म्याग्दी बन्द खुल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पूर्वराजा ज्ञानेन्द्र शाहले आज गर्ने भनिएको भ्रमण रद्द गरेपछि भ्रमणको विरोधमा गरिएको म्याग्दी बन्द पनि खुलेको छ । पूर्व राजाको भ्रमणको विरोधमा विभिन्न राजनीतिक दलले बन्द आव्हान गरेपछि पूर्व राजा ज्ञानेन्द्रले भ्रमण स्थगित गरेका थिए । पूर्वराजाले राजाकै हैसियतमा जस्तो भ्रमण गर्न लागेको भन्दै सत्तारुढ दल एमाओवादीसहित विपक्षी नेपाली कांग्रेस, नेकपा एमालले लगायतका जिल्लास्थित कार्यकर्ताहरुले गरेको बन्द भ्रमण रद्दपछि फिर्ता लिएका हुन् । शाह म्याग्दीमा रहेको भर्तिकलबम मन्दिरमा दर्शनका लागि जान लागेका थिए । बन्द खुलेपछि म्याग्दीको जनजीवन सामान्य बन्दै गएको छ । सवारी-साधान, व्यवसाय, पसल खुल्न खुलेको जनाइएको छ । पूर्वराजा ज्ञानेन्द्र पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमणका सिलसिलामा पोखरामा छन् । उनी बिहीबार त्यसतर्फ लागेका हुन् । शाहको भ्रमणको अन्य कार्यक्रम भने यथावत रहेको भ्रमण स्वागत समितिले जनाएको छ ।

No comments: