News

Sep 1, 2012

सीमा विवादमा रुकुम र बाग्लुङका बासिन्दाबीच झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रुकुम, भदौ १६- रुकुम र बाग्लुङ जिल्लाका स्थानीय बासिन्दाबीच दुई दिनदेखि चलेको सीमा विवाद झडपमा परिणत भएको छ। पूर्वी रुकुमको तकसेरा गाविसका स्थानीय बासिन्दा र बाग्लुङ जिल्लाको निसी गाविसका स्थानीयबीच झडप भएको हो। झडपमा परी रुकुमका आधा दर्जन सर्वसाधारण घाइते भएका छन्। ढोरपाटन शिकार आरक्षक्षेत्र भित्र पर्ने रुकुमको तकसेरा र बाग्लुङको निसी गाविसका बासिन्दावीच लामो समयदेखि सीमा विवाद छ। बाग्लुङवासीले आफ्नो क्षेत्रमा रुकुमका स्थानीयहरुले घर,गोठ अतिक्रमण गरी चरिचरण गरेको भन्दै १२ वटा भन्दा बढी घर गोठमा लागो लगाइएको छ। दुवै जिल्लाको सिमाना रहेको बुकी पाटन चरिचरणको विषयमा विवाद हुँदै आएको छ। सिमानामा रहेको चरिचरण क्षेत्रलाई लिएर रुकुमको तकसेरा गाविस वडा नं ७ सेरा र बागलुङको निसी गाविस वडा नं १, २ र ३ निसेलढोरका बासिन्दाबीचको विवाद चुलिँदै गएको हो। यस क्षेत्रलाई दुवै जिल्लाका वासिन्दाहरुले आ आफ्नो क्षेत्रमा पर्ने भन्दै दावी गर्दै आएका छन्। विवाद चर्कँदै गएपछि बाग्लुङ निसेलढोरका बासिन्दाले रुकुम सेराका १२ वटा भन्दा बढी घरगोठमा आगजनी गरेका गर्नुका साथै छविलाल सुनार, तारा सुनार, जितबहादुर बुढा, दिलप्रसाद बुढालगायत १० जना व्यक्तिलाई नियन्त्रणमा लिएर छाडेका छन्। विवादको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयवाट प्रहरी टोली त्यसतर्फ खटेको रुकुम प्रहरी प्रमुख डिएसपी किसनसिंह थापाले जानकारी दिए। घटनास्थल पुग्न १० घण्टा लाग्ने भएकोले थप विवरण प्राप्त हुन नसकेको डिएसपी थापाले बताए। सदरमुकाम खलंगाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गएको टोली घटना स्थलमा लागेको छ।

No comments: