News

Sep 23, 2012

श्रीमानले श्रीमतीलाई बाँदर देखेर गोली हाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रुकुमको रुकुमकोट गाविस - १ रानीकोट भन्ने ठाउँमा एक व्यक्तिले बन्दुक पड्काउँदा आफ्नै श्रीमतीको मृत्यु भएको छ । उक्त व्यक्तिले बाँदर भनेर पड्काउँदा श्रीमती परेको बताएका छन् । इलाका प्रहरी कार्यालय रुकुमकोटका अनुसार स्थानीय वेदप्रकाश पुनले बाँदर जस्तै देखेर गोली चलाउँदा श्रीमती वसन्तीको मृत्यु भएको जनाएको छ । बाँदर मार्न खरबारीमा बसेका वेदप्रकाशले घर नजिकैको धारामा पानी लिन जाँदै गरेकी वसन्तीलाई गोली हानेका हुन् । वेदप्रकाशले हानेको गोली वसन्तीको घाँटीमा लागेको थियो । वेदप्रकाश वन्दुकसहित प्रहरीको पक्राउमा परेका छन् । शनिबार यो घटना घटेको भएपनि दुर्गम ठाउँ भएका कारण सञ्चारको अभावमा निकै ढिला मात्र प्रहरी घटनास्थलमा पुगेको थियो ।

No comments: