News

Sep 6, 2012

ओबामाले पाए बिल क्लिन्टनको आफ्नो समर्थन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार राष्ट्रपति बाराक ओबामालाई चुनावका लागि उम्मेदवार घोषणा गरिएको बताउँदै उनलाई आफ्नो समर्थन रहेको बताएका छन् । उनले डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनको दोस्रो दिन अन्तिम वक्ताका रूपमा बोल्दै उनले नयाँ कार्यकालका लागी पार्टीले ओबामालाई नै उम्मेदवार बनाउने निर्णय गरेको बताएका थिए । यस क्रममा उनले आफ्नो पूर्ण समर्थन ओबामालाई रहेको र जनताले पनि ओबामालाई भोट हालेर जिताउनु पर्ने धारणा राखेका थिए । क्लिन्टनले उक्त कार्यक्रममा भने, 'हामी यहाँ राष्ट्रपतिको उम्मेदवारको घोषणा गर्नका लागी आएका हौ । म यो चाहन्छु की बाराक ओबामा फेरी अमेरिकाको राष्ट्रपति बनुन् र डेमोक्रेटिक पार्टीका तर्फबाट म गर्वका साथ उनलाई मनोनित गर्छु ।' तीन दिन चलेको उक्त सम्मेलनमा उनले थपे, 'म यस्तो मानिसलाई उम्मेदवारका रूपमा खडा गर्न जाँदैछु जो व्यक्ति बाहिरबाट निकै शान्त देखिन्छ तर भित्रबाट अमेरिकाको लागी केही गर्ने विचारमा रहन्छ । हामीले जस्तो अर्थ व्यवस्था देशमा देख्न चाहन्छौ त्यस्तै अर्थ व्यवस्था उनले निर्माण गर्न सक्छन् ।'

No comments: