News

Sep 23, 2012

पूर्व राजालाइ रोक्न ६ घण्टे स्याङ्जा बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
स्याङ्जा, असोज ७ - पूर्वराजा ज्ञानेन्द्र शहाको स्याङ्जा भ्रमण विरोधमा आइतबार ६ घण्टे जिल्ला बन्द घोषणा गरिएको छ। एकीकृत नेकपा माओवादीका ६ वटा जनवर्गीय संगठनले विहान ६ बजेदेखि १२ बजेसम्म जिल्ला बन्दको घोषणा गरेका हुन्। पूर्वराजाले धार्मिक भ्रमणका नाममा जनतालाई भड्काउन खोजेको भन्दै विज्ञप्ति मार्फत बन्द घोषणा गरिएको हो। पूर्वराजा ज्ञानेन्द्र भने बन्द छलेरै भएपनि स्याङ्जा आउने भएका छन्। पोखराबाट दिउसो १२ बजे हिडेर उनी १ बजे स्याङ्जा आइपुग्ने भ्रमण आयोजक समिति संयोजक जमुना शेरचनले बताइन्। 'दुईचार जनाले रोक्दैमा भ्रमण रोकिँदैन,' उनले भनिन्,' पूर्वराजाले नागरिकको हैसियतमा आफ्नै देश घुम्न नपाउने काहाँ लेख्या छ?' उनले भ्रमणका क्रममा अवरोध भए प्रतिवाद गर्ने बताइन्। 'हामी मुकाविला गर्न तयार छौं, तर भ्रमण रोकिदैन,' उनले भनिन्। ज्ञानेन्द्रले पुतलीबजार नगरपालिका ६ गुणिखोला स्थित धनेश्वर मन्दिरमा पुजा गर्ने र बालमन्दिर परिसरमा समर्थकहरुसंग भेटघाट गर्ने कार्यक्रम छ। विहान देखिको बन्दका कारण पुतलीबजार र वालिङ बजारमा सामान्य प्रभाव परेको छ। बजार खुलेका भए पनि यातायातका साधन भने कम मात्रामा गुडेका छन्।

No comments: